images images images
images images images
images
images
images

शिखर पावरको शेयर १ लाख ८४ हजार २६० जनालाई

images

काठमाडौं । शिखर पावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड भएको छ । कम्पनीको आईपीओ आज बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड गरिएको हो ।

कम्पनीका अनुसार आईपीओमा २६ लाख ८७ हजार ३४७ जना आवेदकबाट कुल २ करोड ८८ लाख १६ हजार ९९० कित्ताका लागि आवेदन परेको थियो । तीमध्ये ३६ हजार ५०० जना आवेदकले दिएको ४ लाख २२ हजार २०० कित्ताको आवेदन बदर भएको छ । बाँकी २६ लाख ५० हजार ८४७ जना आवेदकको २ करोड ८३ लाख ९४ हजार ७९० कित्ताका लागि परेको आवेदन अनुसार कम्पनीले शेयर बाँडफाँड गरेको जनाएको छ ।

images

सदर आवेदनमध्ये गोलाप्रथाबाट १० कित्ताका दरले १ लाख ८४ हजार २६० जना आवेदकले मात्र शेयर प्राप्त गरेका छन् । बाँकी २४ लाख ६६ हजार ५८७ जना आवेदक भने आईपीओबाट वञ्चित भएका छन् । उच्च आवेदनका कारण अधिकांश लगानीकर्ताले शेयर नपाएको देखिएको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्