Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

सिद्धार्थ बैंकद्वारा ग्लोबल मनी विक २०२६ मा ५१ कार्यक्रम, २,६४९ विद्यार्थी लाभान्वित

सिद्धार्थ बैंकद्वारा ग्लोबल मनी विक २०२६ मा ५१ कार्यक्रम, २,६४९ विद्यार्थी लाभान्वित
विज्ञापन
Advertisement

काठमाडौं ।सिद्धार्थ बैंक लिमिटेडले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यसहित ग्लाेवल मनी विक २०२६ को अवसरमा देशभर विविध कार्यक्रम सम्पन्न गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

मार्च १६ देखि २२ सम्म मनाइएको यस सप्ताहव्यापी अभियानअन्तर्गत बैंकले सातै प्रदेशका विद्यालय तथा क्याम्पसमा विद्यार्थी लक्षित ३८ वटा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको जनाएको छ। ‘Learn, Save, Earn’ नारालाई सार्थक बनाउने उद्देश्यले आयोजित कार्यक्रममा बैंकका सेवा, डिजिटल कारोबार र त्यसमा अपनाउनुपर्ने सावधानीबारे जानकारी प्रदान गरिएको थियो।

उक्त कार्यक्रममार्फत २,१७१ जना विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। साथै, बैंकिङ प्रणालीबारे व्यवहारिक ज्ञान दिने लक्ष्यसहित ४७८ जना विद्यार्थीलाई बैंकका विभिन्न शाखामा भ्रमण गराइएको थियो।

यसरी ग्लोबल मनी विक २०२६ को अवसरमा बैंकले कुल ५१ वटा कार्यक्रममार्फत २,६४९ विद्यार्थीलाई वित्तीय शिक्षा प्रदान गरेको जनाएको छ।

बैंकले देशका सबै वर्ग, क्षेत्र र समुदायसम्म वित्तीय सेवाको पहुँच विस्तार गर्दै सर्वसाधारणलाई वित्तीय रूपमा सक्षम बनाउने लक्ष्य राखेको छ। सोही उद्देश्यअनुसार सप्ताहभर सामाजिक सञ्जालमार्फत पनि जानकारीमूलक सामग्री प्रकाशन गरिएको थियो।

बैंकका अनुसार यस्ता कार्यक्रमहरूले वित्तीय सचेतनाको आवश्यकता र महत्वबारे जनचेतना अभिवृद्धि गर्न सहयोग पुगेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit