काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) बाट नेसनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५ अन्तर्गत ‘सर्टिफिकेट अफ मेरिट’ प्राप्त गरेको छ।
आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तीय प्रतिवेदनको उत्कृष्ट प्रस्तुति, वित्तीय पारदर्शिता, नेपाल वित्तीय प्रतिवेदन मापदण्ड तथा प्रचलित लेखा मापदण्डहरूको प्रभावकारी पालना र संस्थागत सुशासनप्रतिको उच्च प्रतिबद्धताको मूल्याङ्कन गर्दै आईक्यानले कम्पनीलाई उक्त सम्मान प्रदान गरेको जनाएको छ।
काठमाडौंस्थित एक होटलमा मंगलबार सम्पन्न विशेष समारोहमा कम्पनीलाई उक्त सम्मान प्रदान गरिएको हो। कार्यक्रममा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत कवि फुयाल, प्रमुख वित्त अधिकृत रञ्जु लम्साल तथा वित्त विभागकी जिना लागालगायतको उपस्थिति रहेको थियो।
सम्मान ग्रहणपछि निमित्त प्रमुख कार्यकारी अधिकृत कवि फुयालले यो उपलब्धि सम्पूर्ण सन नेपाल लाइफ परिवारका लागि गर्व र खुसीको विषय भएको बताए। उनले यस सम्मानले कम्पनीलाई वित्तीय पारदर्शिता, सुशासन तथा उत्कृष्ट कार्यसम्पादनलाई अझ सुदृढ बनाउन थप प्रेरणा र जिम्मेवारी प्रदान गरेको उल्लेख गरे
सन नेपाल लाइफले देशभरका १५० शाखा तथा उपशाखा कार्यालयमार्फत जीवन बीमा सेवा प्रदान गर्दै आएको जनाएको छ। कम्पनीले शिक्षा, स्वास्थ्य तथा जोखिम व्यवस्थापनका क्षेत्रमा पनि विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको जनाउँदै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।















प्रतिक्रिया दिनुहोस्