काठमाडौं ।अन्तर्राष्ट्रिय फेसन प्रविधि संस्थान (IIFT) ले आयोजना गरेको ‘ड्रेस टु इम्प्रेस’ कार्यक्रममा फेसियल हाउसले उल्लेखनीय सहभागिता जनाएको छ।
काठमाडौंस्थित प्रज्ञा भवन मा आयोजित कार्यक्रममा फेसियल हाउसका ६१ जना व्यावसायिक मेकअप आर्टिस्टले १५५ जना सहभागीको मेकअप गरेका थिए।

फेसियल हाउसका दक्ष मेकअप आर्टिस्टहरूको टोलीले सहभागीहरूलाई आकर्षक तथा व्यावसायिक लुक प्रदान गर्दै कार्यक्रमलाई थप भव्य र सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाएको छ। कार्यक्रममा विभिन्न फेसन प्रस्तुतिका साथै सिर्जनात्मक डिजाइन र मेकअप कलाको उत्कृष्ट प्रदर्शन गरिएको थियो।
फेसियल हाउसले नेपालमा व्यावसायिक सौन्दर्य सेवा तथा मेकअप क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै आएको उल्लेख गर्दै यस कार्यक्रममार्फत आफ्नो दक्षता, अनुभव र सेवा गुणस्तरलाई प्रभावकारी रूपमा प्रस्तुत गर्न सफल भएको जनाएको छ।
आयोजकका अनुसार कार्यक्रममा कुल १५५ जना सहभागी थिए भने उनीहरूको सम्पूर्ण मेकअप व्यवस्थापन फेसियल हाउसका ६१ जना मेकअप आर्टिस्टले गरेका थिए। आयोजक तथा सहभागीहरूले यस सहभागिताले नेपालको ब्युटी तथा फेसन उद्योगमा फेसियल हाउसको व्यावसायिक क्षमता र नेतृत्वलाई थप मजबुत रूपमा स्थापित गरेको बताएका छन्।















प्रतिक्रिया दिनुहोस्