Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

प्रधानमन्त्रीको आह्वानपछि पर्यटन, होटल लगायतका क्षेत्रमा लगानी गर्न थाई लगानीकर्ता उत्साहित

प्रधानमन्त्रीको आह्वानपछि पर्यटन, होटल लगायतका क्षेत्रमा लगानी गर्न थाई लगानीकर्ता उत्साहित
विज्ञापन
Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानपछि थाइल्याण्डका व्यवसायी नेपालमा पर्यटन, होटल, निर्माणजन्य कच्चापदार्थ जस्ता क्षेत्रमा लगानी गर्न उत्साहित देखाएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

प्रधानमन्त्री ओलीसँग छलफलका क्रममा थाई व्यवसायीहरूले नेपालमा लगानीका सम्भावना, अवसर र सहकार्यका विषयमा चासो राखेका हुन् । सो अवसरमा व्यवसायहीहरूले नेपालमा लगानी गर्न कानुनी सहजता र लगानीपछिको मुनाफा फिर्ता लैजाने प्रबन्धबारे चासो तथा नेपालमा विदेशी मुद्राको सहजता र ‘रिजर्भ’बारे पनि जिज्ञासा देखाएका छन् ।

प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहाकार डा युवराज खतिवडाले भने, “लगानी गरिसकेपछि विदेशी मुद्रा फर्काउनेबारे नेपालमा रहेको कानुनी व्यवस्थाका बारेमा उहाँहरूमा चासो देखिन्थ्यो । कर्मचारी प्रशासनले दिने दुःख, झन्झटिलो व्यवस्थालाई हटाउन, भन्सारका दरहरु घटाएर व्यवस्थित गर्नसमेत लगानीकर्ताले जोड दिनुभएको छ ।”

छलफलका क्रममा नेपाली उद्योगी–व्यवसायीहरूको प्रतिनिधिमूलक टोलीले लगानीका लागि प्रचुर सम्भावना रहेकाले नेपालमा लगानी गर्न थाई व्यवसायी तथा लगानीकर्तासँग अनुरोध गरेका थिए । छलफलमा डा खतिवडाले लगानीका विविध आयामका विषयमा छलफल भएको र लगानी मात्रै नभई भावनात्मक रुपमै सहकार्य गर्न नेपाल तयार रहेको सन्देश थाई उद्योगी–व्यापारीसहित लगानीकर्ताहरुलाई प्रधानमन्त्री ओलीले दिएको जानकारी दिए ।

निर्माणजन्य उद्योग, होटल व्यवसाय, खाद्य प्रशोधन, पर्यटनसँग सम्बन्धित लगानीकर्ताहरु छलफलमा सहभागी थिए । डा खतिवडाका अनुसार थाई व्यवसायीहरूले नेपालमा लगानी गर्न इच्छा र तत्परता देखाएका छन् ।

छलफलबारे जानकारी दिँदै डा खतिवडाले भने, “निर्माणजन्य उद्योग, होटल व्यवसाय, खाद्य प्रशोधन, पर्यटनसँग सम्बन्धित लगानीकर्ताहरु छलफलमा सहभागी हुनुहुन्थ्यो । उहाँहरुले नेपालमा लगानी गर्न आतुर रहेको बताउनुभयो । त्यसका लागि उपयुक्त साझेदारको खोजी गर्छौं भनी लगानी गर्न तत्परता देखाउनुभएको छ ।”

छलफलमा सहभागी नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गर्नुपर्ने क्षेत्रहरुका बारेमा छलफल भएको जानकारी दिए । उनले भने“नेपालमा लगानी गर्नुपर्ने जति पनि क्षेत्र छन्, तिनमा लगानी गर्न प्रधानमन्त्रीले आह्वान गर्नुभयो । धेरैजसो लगानीसम्बन्धी कानुन परम्परागत थिए, ती लगानीका लागि बाधक थिए, ती सबै कानुनलाई संशोधन गरेर सहज बनाइएको अवस्था छ, सरकारको प्रतिबद्धता ‘इन्सुरेन्स’ गर्ने भन्ने छ, त्यसले थाई व्यवसायीलाई नेपालमा लगानी गर्न प्रोत्साहन गरेको छ ।”

सो अवसरमा भारतसँग १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने जलविद्युत्सम्बन्धी सम्झौता भएअनुसार उत्पादन गर्नुपर्ने अवस्था र पर्यटन क्षेत्रमा प्रवद्र्धन गर्नका लागि पनि नेपालमा उच्च सम्भावना रहेकोलगायतका विषयमा छलफलमा भएको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit