काठमाडौं। युनिग्लोब कलेज कमलादीले डिल्लीबजारस्थित विजय स्मारक माध्यमिक विद्यालयलाई २ लाख रुपैयाँ भन्दा बढी मूल्यको फर्निचर सहयोग गरेको छ।
आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरूको पठनपाठनलाई सहज र आरामदायी बनाउने उद्देश्यले कलेजले ८८ सीट क्षमताका २० सेट आधुनिक डेस्क–बेन्च सहयोग गरेको हो। युनिग्लोब माध्यमिक विद्यालयको परिसरमा आयोजित एक कार्यक्रममा फर्निचर ग्रहण गर्दै विजय स्मारकका प्राचार्य माधवप्रसाद ओलीले कलेजको यस समयसान्दर्भिक सहयोगप्रति आभार प्रकट गरे ।
यस्तै, युनिग्लोब कलेजका जनरल म्यानेजर गणेश भट्टले समुदायका अन्य विद्यालयहरूलाई साथमै लिएर शैक्षिक विकासमा अघि बढ्ने कलेजको उदेश्य अनुसार सहकार्य गरेको धारणा राखे ।
कलेजका इन्स्टिच्युसनल अफेयर्स हेड बसन्त घिमिरेले निजी र सार्वजनिक विद्यालयहरू प्रतिस्पर्धी मात्र नभएर शैक्षिक रूपान्तरणका साझेदार बन्नुपर्नेमा जोड दिए । यस सहयोगबाट विजय स्मारकका ८८ जना विद्यार्थीहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने जनाइएको छ।

















प्रतिक्रिया दिनुहोस्