Advertisement
Advertisement
Corporate Samachar
१५ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

मुख्यसचिव र सचिवदेखि कार्यालय सहयोगीसम्म कसको कति बढ्यो तलब?

मुख्यसचिव र सचिवदेखि कार्यालय सहयोगीसम्म कसको कति बढ्यो तलब?
विज्ञापन
Advertisement

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारी कर्मचारीहरूको तलबमानमा उल्लेख्य वृद्धि गरेको छ । परिमार्जन गरिएको नयाँ संशोधित व्यवस्था अनुसार सरकारी कर्मचारीहरूको न्यूनतम आधारभूत तलब, प्रोत्साहन रकम र विभिन्न भत्तासहित कुल पारिश्रमिकमा आकर्षक वृद्धि भएको हो ।

विज्ञापन
Advertisement
Advertisement

सरकारले प्रस्तुत गरेको बजेटमा बजारमा बढ्दै गएको महँगीलाई मध्यनजर गर्दै सरकारले यसपटक सबै तहका कर्मचारीहरूलाई समान रूपमा ५ हजार रुपैयाँ महँगी भत्ता उपलब्ध गराइएको छ । नयाँ व्यवस्था अनुसार अब निजामती सेवाको सर्वोच्च पदमा रहने मुख्यसचिवको कुल पारिश्रमिक झण्डै लाख रुपैयाँ (९८ हजारभन्दा बढी) पुगेको छ भने प्रारम्भिक तहका कार्यालय सहयोगीको कुल पारिश्रमिक पनि ३८ हजार रुपैयाँ नाघेको छ ।

उच्च प्रशासनिक तह (मुख्यसचिव र सचिव)
सबैभन्दा माथिल्लो तहमा रहने मुख्यसचिवको आधारभूत तलबमा ७ हजार २२ रुपैयाँ वृद्धि भई अब ८४ हजार ३२१ रुपैयाँ पुगेको छ। यसमा ८ हजार ४४३ रुपैयाँ प्रोत्साहन रकम र ५ हजार रुपैयाँ महँगी भत्ता थपिएपछि मुख्यसचिवको कुल पारिश्रमिक ९८ हजार ४२५ रुपैयाँ पुगेको छ । त्यस्तै, सचिवको आधारभूत तलब ७ हजार २०८ रुपैयाँले बढेर ७९ हजार २९० रुपैयाँ पुगेको छ । ७ हजार ९२९ रुपैयाँ प्रोत्साहन र ५ हजार रुपैयाँ महँगी भत्तासहित सचिवको कुल पारिश्रमिक ९२ हजार २१९ रुपैयाँ कायम भएको छ ।

राजपत्रांकित अधिकृत तह (सहसचिव, उपसचिव र अधिकृत)

अब सहसचिव स्तरका कर्मचारीको आधारभूत तलब ५ हजार ६७८ रुपैयाँले बढेर ६२ हजार ४६५ रुपैयाँ पुगेको छ । ६ हजार २४६ रुपैयाँ प्रोत्साहन र ५ हजार रुपैयाँ महँगी भत्तासहित कुल पारिश्रमिक ७३ हजार ७१२ रुपैयाँ पुगेको छ । उपसचिवको आधारभूत तलब ४ हजार २६३ रुपैयाँले बढेर ५३ हजार ६३० रुपैयाँ पुगेको छ। ५ हजार ३६९ रुपैयाँ प्रोत्साहन र ५ हजार रुपैयाँ महँगी भत्तासहित कुल पारिश्रमिक ६३ हजार ७०९ रुपैयाँ कायम भएको छ । यसैगरी, शाखा अधिकृत आधारभूत तलबमा ४ हजार ३६८ रुपैयाँ वृद्धि भई ४८ हजार ५७ रुपैयाँ कायम भएको छ। ४ हजार ५७ रुपैयाँ प्रोत्साहन र ५ हजार रुपैयाँ महँगी भत्ता जोडिएपछि अधिकृतको कुल पारिश्रमिक ५७ हजार ६६२ रुपैयाँ पुगेको छ ।

राजपत्र अनंकित र सहायक तह (नासु, खरिदार र कार्यालय सहयोगी)

नायव सुब्बाको आधारभूत तलब ३ हजार ४७३ रुपैयाँले बढेर ३८ हजार २०३ रुपैयाँ पुगेको छ। ३ हजार ८२० रुपैयाँ प्रोत्साहन र ५ हजार रुपैयाँ महँगी भत्तासहित नासुको कुल पारिश्रमिक ४७ हजार २३ रुपैयाँ कायम गरिएको छ । खरिदारको आधारभूत तलब ३ हजार २७० रुपैयाँ वृद्धि भई ३६ हजार १९९ रुपैयाँ पुगेको छ। ३ हजार ६१९ रुपैयाँ प्रोत्साहन र ५ हजार रुपैयाँ महँगी भत्तासहित खरिदारको कुल पारिश्रमिक ४४ हजार ५३० रुपैयाँ पुगेको छ । कार्यालय सहयोगीको आधारभूत तलबमा २ हजार ६६९ रुपैयाँ थपिएर ३० हजार ३६२ रुपैयाँ पुगेको छ। ३ हजार ३७ रुपैयाँ प्रोत्साहन र ५ हजार रुपैयाँ महँगी भत्तासहित कार्यालय सहयोगीको कुल पारिश्रमिक ३८ हजार ४०९ रुपैयाँ कायम भएको छ ।

चार वर्षदेखि तलब बढ्ने आशमा रहेका निजामती कर्मचारीहरूलाई ठूलो राहत मिल्ने गरी सरकारले तलब वृद्धि गरेको छ। तहअनुसार प्रोत्साहन रकम र आधारभूत तलबमा गरिएको यस वृद्धिले बजारको महँगी खेपिरहेका सरकारी कर्मचारीलाई राहतसँगै काममा उर्जा थपिने सरकारको विश्वास छ ।

यो तलब कार्यान्वयन आगामी साउनबाट लागू हुनेछ ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit