Advertisement
Advertisement
Corporate Samachar
१९ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

एक महिनामै नेपाल आए १ लाख बढी विदेशी पर्यटक

एक महिनामै नेपाल आए १ लाख बढी विदेशी पर्यटक
पर्यटक रासस मुस्ताङ,२० बैशाख । मनाङबाट थोरङपास गरि जोमसोम फर्किँदै गरेका गरेका विदेशी पर्यटकहरु कागबेनि( जोमसोम कालोपत्र सडकमा पैदलयात्रा गर्दै । तस्बिर सुन्दरकुमार थकालीर रासस
विज्ञापन
Advertisement

काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमनले उत्साहजनक गति लिएको छ । सन् २०२६ को मे महिनामा नेपालमा कुल १ लाख २ हजार ६२६ जना अन्तर्राष्ट्रिय पर्यटक भित्रिएका छन् । यो संख्या सन् २०२५ को सोही अवधिको ८६ हजार २१६ पर्यटकको तुलनामा १९ प्रतिशतले बढी हो । कोभिड महामारीअघि सन् २०१९ को मे महिनाको ७८ हजार ३२९ आगमनको तुलनामा ३१ प्रतिशतले बढी हो ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल पर्यटन बोर्डका अनुसार मे महिनाको तथ्याङ्कले नेपालको पर्यटन क्षेत्रमा विश्वव्यापी विश्वास बढ्दै गएको र नेपाललाई ‘लाइफटाइम एक्सपेरियन्स डेस्टिनेसन’का रूपमा स्थापित गर्ने अभियानले सकारात्मक परिणाम दिन थालेको संकेत गरेको छ । पर्यटक आगमनका आधारमा भारत नेपालका लागि सबैभन्दा ठूलो स्रोत बजार बनेको छ । मे महिनामा भारतबाट ४० हजार ७८२ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको ३९.७४ प्रतिशत हो ।

त्यसपछि चीनबाट ११ हजार ५१४ (११.२२ प्रतिशत), अमेरिकाबाट ९ हजार १ (८.७७ प्रतिशत), बंगलादेशबाट ५ हजार २९८ (५.१६ प्रतिशत) तथा बेलायतबाट ३ हजार ३७५ (३.२९ प्रतिशत) पर्यटक नेपाल आएका छन् ।

क्षेत्रगत रूपमा हेर्दा दक्षिण एसियाली मुलुकहरू (सार्क) बाट आउने पर्यटकको हिस्सा सबैभन्दा धेरै ४७.२ प्रतिशत रहेको छ । त्यसपछि अन्य एसियाली मुलुकबाट १९.९ प्रतिशत, युरोपबाट १३.१ प्रतिशत, अमेरिकाबाट १०.३ प्रतिशत, अन्य क्षेत्रबाट ४.५ प्रतिशत, ओसियानियाबाट ३.१ प्रतिशत, मध्यपूर्वबाट १.५ प्रतिशत र अफ्रिकाबाट ०.३ प्रतिशत पर्यटक नेपाल आएका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit