Advertisement
Advertisement
Corporate Samachar
१० जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपालले गुणस्तर, नवप्रवर्तन र विश्वसनीयतामा विशेष ध्यान दिनुपर्छ : संयोजक तथा पूर्व अध्यक्ष श्रेष्ठ

नेपालले गुणस्तर, नवप्रवर्तन र विश्वसनीयतामा विशेष ध्यान दिनुपर्छ : संयोजक तथा पूर्व अध्यक्ष श्रेष्ठ
विज्ञापन
Advertisement

पोखरा । नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा चेम्बर अफ कमर्स गण्डकी प्रदेशको आयोजनामा ‘अन्तर्राष्ट्रिय व्यवसाय अनुभव आदान–प्रदान कार्यक्रम’ भव्य रूपमा सम्पन्न भएको छ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल चेम्बर हीरक जयन्ती समारोहका संयोजक तथा पूर्व अध्यक्ष राजेश काजी श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा व्यवसायी, उद्यमी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले कोरोला नाका सञ्चालनमा आइसकेको सन्दर्भ उल्लेख गर्दै उक्त नाकामार्फत मालवस्तु ढुवानी गरी पश्चिम नेपालमा व्यापार विस्तार गर्ने पर्याप्त सम्भावना रहेको बताए । उनले भने, ‘चीनसँगको व्यापार अभिवृद्धिका लागि कोरोला नाका एक रणनीतिक अवसर हो। अब हामीले परम्परागत मार्गमा मात्र निर्भर नभई नयाँ व्यापारिक मार्गहरू उपयोग गर्दै प्रतिस्पर्धात्मक व्यापार वातावरण निर्माण गर्नुपर्छ।’

चीनको कोरला नाका खुला भइसकेकाले चीनबाट समाग्री नेपाल भित्राउन सकिने सुझाव दिँदै त्यसका लागि आफ्नो तर्फबाट र नेपाल चेम्बर अफ कमर्सको तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता समेत उनले बताए ।

श्रेष्ठले कोलकाता लगायत अन्य अन्तर्राष्ट्रिय बन्दरगाहमार्फत पनि सामान आयात गरी व्यापारिक गतिविधिलाई तीव्रता दिन उद्योगी तथा व्यवसायीहरूलाई आग्रह गरे । उनका अनुसार क्षेत्रीय तथा विश्व बजारसँग जोडिनका लागि आपूर्ति शृङ्खला सुदृढ बनाउनु, लागत घटाउनु र व्यापार प्रक्रियालाई सरल बनाउनु अत्यावश्यक छ।

उनले भने, ‘डुइङ विजनेश’लाई सहज बनाउन नीतिगत सुधार, पूर्वाधार विकास र डिजिटल प्रणालीको विस्तार अपरिहार्य छ। अन्तर्राष्ट्रिय व्यापारमा प्रतिस्पर्धी बन्न नेपालले गुणस्तर, नवप्रवर्तन र विश्वसनीयतामा विशेष ध्यान दिनुपर्छ।’

श्रेष्ठले भारत, चीन, भियतनाम र श्रीलङ्का जस्ता देशहरूमा आयोजना हुने अन्तर्राष्ट्रिय व्यापार मेलाहरूमा सक्रिय सहभागिता जनाउन सके नेपाली व्यवसायीहरूले नयाँ बजार, प्रविधि र साझेदारीका अवसरहरू प्राप्त गर्न सक्ने उल्लेख गर्नुभयो। साथै, व्यापार सहजीकरणका लागि अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स नेपालले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले विशेष गरी बाह्य मुलुकसँग व्यापारिक सम्बन्ध बनाउन सके सफल व्यवसायी बन्न सकिने धारणा व्यक्त गरे ।

पोखराको पर्यटन सम्भावनाबारे चर्चा गर्दै उनले चीन र भारत जस्ता विशाल जनसंख्या भएका देशहरूबाट पर्यटक भित्र्याई आर्थिक लाभ लिन सकिने उल्लेख गरे । त्यसका लागि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सेवा विस्तार र विमानस्थलहरूको अधिकतम उपयोग आवश्यक रहेको उनको भनाई छ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सको स्थापना २००७ सालमा भई विगत ७५ वर्षदेखि निजी क्षेत्रको प्रतिनिधित्व गर्दै उद्योगी(व्यवसायीहरूको हकहितमा निरन्तर कार्य गर्दै आएको बारे पनि श्रेष्ठले जानकारी गराउनु भएको थियो।

यस्तै चेम्बर अफ कमर्स गण्डकीका अध्यक्ष किसान सुनारले संस्थाले व्यवसायीक हक हितको पक्षमा मात्र नभई सामाजिक क्षेत्रमा पनि काम गर्दै आएको स्मरण गराए । उनले समसामयीक राजनीतिको सन्दर्भमा बोल्दै हालको सरकारले निजी क्षेत्रको लगानीकर्ताको मनोबल उच्च हुने खालका नीति तथा कार्यक्रमसहित बजेट ल्याउनुपर्ने धारणा राखे ।

नयाँ सरकारलाई अत्याधिक अवसर रहेको उल्लेख गर्दै सोही अनुसारको व्यवसायीमैत्री कानून तर्जुमा गर्नुपर्नेमासमेत जोड दिए । कार्यक्रममा विश्वव्यापी बजार प्रवृत्ति, आयात–निर्यातको सम्भावना, नवप्रवर्तन तथा व्यवसाय बिस्तारका रणनीतिहरू सम्बन्धी विषयहरुमा अन्तरक्रिया गरिएको थियो ।

चेम्बर अफ कमर्स गण्डकीका महासचिव देवराज शर्माले सञ्चालन गरेको उक्त कार्यक्रममा गण्डकी प्रदेशभित्रका बागलङ, पर्वत, तनहुँ, स्याङ्जासँगै पोखराका व्यवसायी, उद्योगपति, विज्ञ तथा चेम्बर अफ कमर्स जिल्ला समितिका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

सदस्य व्यवसायीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने, ज्ञान तथा अनुभव आदान–प्रदान गर्ने तथा नयाँ व्यापार र लगानीका अवसर पहिचान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

हीरक जयन्तीको अवसरमा नेपाल चेम्बर अफ कमर्सले काठमाडौंमा ७५ जना महिलालाई सम्मानसमेत गरिसकेको छ भने, विभिन्न कार्यक्रमहरु आयोजना गरी हीरक जयन्ती मनाइरहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit