Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा बीमाको महत्व फैलाउन आयोजित बीमा सचेतना वाकाथन सम्पन्न

सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा बीमाको महत्व फैलाउन आयोजित बीमा सचेतना वाकाथन सम्पन्न
विज्ञापन
Advertisement

काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘बीमाः सुरक्षित भविष्यको आधार’ भन्ने मूल नाराका साथ बीमा सचेतना वाकाथन सम्पन्न गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

आज बिहान काठमाडौंमा भएको यस वाकाथनको उद्देश्य सर्वसाधारणबीच बीमाको महत्वबारे जनचेतना फैलाउनुका साथै ‘सुरक्षित भविष्य’ निर्माणमा बीमाको भूमिकाबारे सन्देश प्रवाह गर्नु रहेको कम्पनीले जनाएको छ ।

कार्यक्रम कम्पनीको नक्सालस्थित केन्द्रीय कार्यालयबाट सुरु भई नक्साल भगवती मन्दिर – नागपोखरी – गैरीधारा – प्रहरी मुख्यालय – हिल्टन होटल – नक्साल भगवती मन्दिर हुँदै पुनः केन्द्रीय कार्यालयमा समापन गरिएको थियो।

झन्डै ४ किलोमिटरको यो वाकाथनमा कम्पनीको उपत्यका भित्रका शाखा कार्यालयहरुको करिब १०० जना कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो। उक्त अवसरमा सहभागीहरूले बीमाको आवश्यकता र फाइदाबारे जनचेतना फैलाउने उद्देश्यले ‘बीमा ः सुरक्षित भविष्यको आधार’ भन्ने सन्देशसहितको ब्यानर र प्लेकार्ड बोकेका थिए।

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले उक्त वाकाथानले बीमाप्रति सचेतता बढाउने बताए । उनले भने, ‘यस किसिमका सार्वजनिक अभियानहरूले सर्वसाधारणमा बीमाप्रति सचेतना बढाउनेछन्, जसले गर्दा नागरिकहरू अझ जानकार, जिम्मेवार हुनुका साथसाथै अन्ततः राष्ट्र अझ सुरक्षित बन्नेछ ।’

कम्पनीले भविष्यमा पनि यस्ता जनमुखी सचेतनामूलक गतिविधिहरू निरन्तर सञ्चालन गरिनै रहने प्रतिबद्धता जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit