Advertisement
Advertisement
Corporate Samachar
२१ जेष्ठ २०८३, बिहीबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

मधुवा रोगको समस्याले किसान चिन्तित

मधुवा रोगको समस्याले किसान चिन्तित
विज्ञापन
Advertisement

राँझा । बाँकेमा आँपको फल लाग्ने बेला यस वर्ष मधुवा रोगको समस्या देखिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

आँपमा फल लाग्ने मुख्य समयमा नै कीराको समस्या देखिएकोे जानकी गाउँपालिका–१ का उत्पादक किसान अब्दुल वाजिद साईले बताएका छन्।

“फूल फुल्ने समयमै कीराको समस्या देखिएको छ”, उनले भने, “आँपको फूल कीराले चुसेर खाएकाले धेरै फल लाग्ने सम्भावना कम छ ।”

कृषि ज्ञान केन्द्र बाँकेले यस समस्याबाट जुध्न किसानलाई परामर्श र विषादी सिफारिस गर्दै आएको छ । कीराको समस्या देखिनुअघि नै सतर्कता अपनाउनु उत्तम उपाय भएको कार्यालयका सूचना अधिकारी वरिष्ठ बागवानी विकास अधिकृत सन्तोष पाठकले बताएका छन्।

“कीराको सङ्क्रमणबाट जोगिन आँपमा फूल लाग्नुभन्दा अगाडि नै आवश्यक विषादीको प्रयोग गर्नुपर्दछ । ढिलो गरी विषादी प्रयोग गर्दा फूलमा क्षति भइसकेको हुन्छ”, वरिष्ठ बागवानी विकास अधिकृत पाठकले भने, “कीराको समस्यालाई समयमै नियन्त्रण गर्न नसके जिल्लाको समग्र आँप उत्पादनमा ठूलो ह्रास आउने अवस्था देखिएको छ ।”

जिल्लामा गत वर्ष एक हजार १५ हेक्टर क्षेत्रफलमा नौ हजार ९१५ मेट्रिक टन आँप उत्पादन भएको थियो । तर, यस वर्ष मधुवा फड्केकीराको तीव्र सङ्क्रमणका कारण सोही परिमाणमा उत्पादन हुने सम्भावना निकै कम देखिएको सूचना अधिकारी पाठकको भनाइ छ ।

उनका अनुसार, मधुवा फड्केकीरा समूहमा उड्ने र निकै छिटो एक बगैँचाबाट अर्कोमा सर्ने गर्दछ । यसले आँपको फूल र कलिलो मुनाको रस चुस्छ, यसका कारण फूलहरू ओइलाउँछन् र फल नलाग्दै झर्छन् । कीराले एउटा चिप्लो पदार्थ पनि छोड्ने गर्छ, जसले गर्दा फूलमा कालो ढुसी लागेर झन क्षति पु¥याउँछ ।

कृषि ज्ञान केन्द्रले प्रभावित किसानहरूलाई तत्काल प्राविधिक सल्लाह लिन र सिफारिस गरिएका विषादीहरूको उचित मात्रामा प्रयोग गर्न आग्रह गरेको सूचना अधिकारी पाठकले बताएका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit