Advertisement
Advertisement
Corporate Samachar
१६ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

अन्तरराष्ट्रिय आलु दिवसः‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’

अन्तरराष्ट्रिय आलु दिवसः‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’
20 January 2020, Taita, Kenya - Members of Green Rock farming group during a harvest of Irish potatoes the day before the group will deliver it to the local market in Taita. Green Rock farming group, A farmer group of 14 members, who have been taught on nutrition and the value of a variety of foods. As a result, they each have a kitchen garden for substance use, and also crops that they farm and sell as a group.
विज्ञापन
Advertisement

काठमाडौं । आज अन्तरराष्ट्रिय आलु दिवस हो । ‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’ नाराका साथ यो दिवस विश्वका विभिन्न देशमा विविध कार्यक्रमका साथ मनाइँदै छ ।

विज्ञापन
Advertisement
Advertisement

संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) को आह्वानमा सन् २०२४देखि यो दिवस मनाउन प्रारम्भ भएको हो । सन् २०२६ मे २९ तारिखमा तेस्रो पटक यो दिवस मनाइँदैछ ।

यो दिवसले आलु उत्पादन, वितरण तथा उपभोगसँग जोडिएका किसानदेखि मूल्य शृङ्खलासम्मका सबै सरोकार भएकालाई समेट्दै दिगो तथा समावेशी कृषि–खाद्य प्रणाली प्रवद्र्धन गर्ने उद्देश्य लिएको छ । आलु, वैज्ञानिक नाम सोलानम ट्युबेरोसम हो । विश्वका अर्बौं मानिसको नियमित आहारमा समावेश हुने प्रमुख बालीमध्ये एक हो ।

एफएओका अनुसार आलु विश्वका१५९ देशमा खेती गरिन्छ भने यसको करिब ५ हजार प्रजातिहरू विश्वभर पाइन्छन् । करिब ८ हजार वर्षदेखि मानव सभ्यतासँग जोडिएको यो बाली आज पनि उत्तिकै महत्वपूर्ण खाद्य सुरक्षा र जीविकोपार्जनको आधारका रूपमा रहँदै आएको छ ।

उच्च पहाडी क्षेत्रदेखि समथर भू–भागसम्म विविध कृषि प्रणालीमा खेती गरिने आलुले खाद्य सुरक्षा र पोषण सुनिश्चित गर्न महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । यसको उत्पादनले ग्रामीण तथा शहरी दुवै क्षेत्रमा रोजगारी सिर्जना गर्दै गरिबी न्यूनीकरणमा सहयोग पु¥याएको छ ।

साना किसानदेखि ठूला व्यावसायिक कृषि फार्मसम्म फैलिएको यस बालीले विश्वका विभिन्न महादेशमा आर्थिक गतिविधि चलायमान बनाएको छ ।

यस दिवसले सन् २००८ मा मनाइएको अन्तरराष्ट्रिय आलु वर्षको उपलब्धिलाई निरन्तरता दिँदै आलु बालीको महत्वलाई अझ उजागर गर्ने उद्देश्य राखेको छ । विशेषगरी साना पारिवारिक किसान, जसमध्ये उल्लेख्य सङ्ख्या महिला किसानको रहेको छ, उनीहरूले आलुको विविध प्रजाति संरक्षण र प्रवद्र्धनमा खेलेको भूमिकालाई पनि यस अवसरमा सम्मान गरिनेछ ।

त्यसैगरी, आलुको सांस्कृतिक तथा पाक परम्परासँग जोडिएको विविधतालाई पनि विश्वव्यापी रूपमा मनाइने यो दिवसले उजागर गर्ने अपेक्षा गरिएको छ । संयुक्त राष्ट्रसङ्घले बढ्दो भोकमरी, गरिबी र जलवायु परिवर्तनजस्ता चुनौती सामना गर्न दिगो कृषि प्रणालीको विकासमा आलुजस्ता बालीको योगदान महत्वपूर्ण हुने जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit