Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

बिपी राजमार्ग एकतर्फी सञ्चालन, सावधानी अपनाउन प्रहरीको आग्रह

बिपी राजमार्ग एकतर्फी सञ्चालन, सावधानी अपनाउन प्रहरीको आग्रह
विज्ञापन
Advertisement

रामेछाप । बिपी राजमार्ग अन्तर्गत रोशी खोलाले बगाएको डाइभर्सन मर्मत गरी एकतर्फी रूपमा सवारी आवागमन सुचारु गरिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

जिल्ला प्रहरी कार्यालय काभ्रेले सडक एकतर्फी मात्र सञ्चालनमा रहेकाले लेन अनुशासन कायम राख्दै ट्राफिक नियम पालना गरी सावधानीपूर्वक यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । साथै, बाटोको अवस्थाबारे थप जानकारी लिनका लागि १०० र १०३ नम्बरमा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ ।

बिपी राजमार्ग अन्तर्गत कटुञ्जे–ङ्गलटार सडक खण्डको घुमाउने लगायतका क्षेत्रमा रोशी खोला ले डाइभर्सनहरू बगाएपछि सडक मर्मत गरी पूर्ण रूपमा सञ्चालनमा ल्याउने प्रयास भइरहेको  छ ।

रोशी खोलाले बगाएको सडक मर्मत गर्ने क्रममा खोलामै डाइभर्सन बनाएर यातायात सञ्चालन गरिँदै आएकाले सामान्य बाढी आउँदा समेत सडक पुनः क्षतिग्रस्त हुने समस्या देखिएको छ । गए राति खोलामा आएको सामान्य बाढीले सडक फेरि बिगारेको हो ।

्बीपी राजमार्ग अवरुद्ध हुँदा काठमाडौँबाट उक्त मार्ग हुँदै पूर्वतर्फ आवतजावत गर्ने सवारी साधनहरू प्रभावित हुँदै आएका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit