Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

‘फस्ट प्लस’को चिया टिपाइ धमाधम, गुणस्तरीय उत्पादनको सम्भावना

‘फस्ट प्लस’को चिया टिपाइ धमाधम, गुणस्तरीय उत्पादनको सम्भावना
विज्ञापन
Advertisement

इलाम । पूर्वी नेपालको प्रमुख चिया उत्पादन क्षेत्र इलाममा यस वर्ष चियाको पहिलो टिपाई अर्थात् ‘फस्ट प्लस’ धमाधम भइरहेको छ ।

विज्ञापन
Advertisement
Advertisement

फागुन र चैत महिनाको पहिलो सातामै वर्षा भएकाले मौसम अनुकूल बनेको छ, जसले चिया किसानहरूलाई उत्पादनमा सहयोग पु¥याएको छ । समयमै परेको पानीका कारण चियाका बोटहरूमा नयाँ मुना राम्रोसँग पलाएका छन्, जसले गुणस्तरीय चिया उत्पादनको सम्भावना बढाएको छ ।

फस्ट प्लस सिजनमा उत्पादन हुने चिया गुणस्तरका हिसाबले सबैभन्दा उत्कृष्ट मानिन्छ । कोमल पात र विशिष्ट सुगन्धका कारण यस प्रकारको चिया अन्तर्राष्ट्रिय बजारमा उच्च मागमा रहने गर्दछ ।

उत्पादनको मात्रा कम भए पनि यसको मूल्य अन्य सिजनको तुलनामा बढी हुने भएकाले किसान र उद्योगीहरूका लागि यो समय विशेष महत्त्वपूर्ण मानिन्छ ।

चिया टिपाई सुरु भएसँगै जिल्लाका केही चिया कारखानाले हरियो पत्ती प्रशोधन गर्न थालेका छन् । इलाम अर्थोडक्स चिया उत्पादनका लागि देशकै अग्रणी जिल्ला मानिन्छ । यहाँ वार्षिक रूपमा करिब ६० लाख किलो तयारी चिया उत्पादन हुने तथ्याङ्क रहेको छ ।

जिल्लामा हाल ठुला र साना गरी १०० बढी चिया कारखाना सञ्चालनमा छन् । साथै, करिब १२ हजार किसान चिया खेतीमा संलग्न छन्, जसले उत्पादन गरेको हरियो पत्ती कारखानामा बिक्री गर्दै आएको केन्द्रीय चिया सहकारी संघका महासचिव रबिन राईले जानकारी दिए ।

इलाममा विभिन्न प्रकारका चिया उत्पादन हुने गरेका छन्, जसमा गोल्डन, गोल्डन प्लस, सिल्भर, गोल्डन ब्ल्याक, ग्रिन लगायतका चिया प्रमुख छन् ।
चियाले आन्तरिक बजारसँगै अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो पहिचान बनाएका छन् । विशेष गरी फस्ट प्लस चियाले विदेशी बजारमा उच्च मूल्य पाउने भएकाले यसको निर्यात सम्भावना उच्च रहेको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit