Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

पत्रकार आचारसंहिता उल्लङ्घन र मिथ्या सामग्रीप्रति काउन्सिलको चेतावनी

पत्रकार आचारसंहिता उल्लङ्घन र मिथ्या सामग्रीप्रति काउन्सिलको चेतावनी
विज्ञापन
Advertisement

काठमाडौं । प्रेस काउन्सिल नेपालले सञ्चार माध्यममा सम्प्रेषित सामग्रीको अनुगमन गर्दै पत्रकार आचारसंहिता उल्लङ्घनका घटना बढ्दै गएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ।

विज्ञापन
Advertisement
Advertisement

प्रेस काउन्सिल नेपाललले शुक्रबार सार्वजनिक गरेको सूचनामा पछिल्ला दिनहरूमा पत्रकार आचारसंहिताविपरीत उजुरी तथा जनगुनासो बढिरहेको उल्लेख गरिएको छ । काउन्सिलका अनुसार यस्ता उजुरीहरूमा तथ्यहीन, अपुष्ट तथा भ्रामक सामग्री प्रकाशन गर्ने प्रवृत्ति देखिएको छ ।
काउन्सिलले केही सञ्चार माध्यम तथा सञ्चारकर्मीहरूले विज्ञापनको नाममा दबाब दिने, अस्वीकार गरेमा संस्थाको प्रतिष्ठामा असर पार्ने खालका मिथ्या सामग्री सम्प्रेषण गर्ने गरेको गुनासा पनि प्राप्त भएको जनाएको छ।

त्यसैगरी, सामाजिक सञ्जालमा प्रमाणबिना सामग्री सेयर गर्ने, छोटा भिडियो (रिल) बनाएर अतिरञ्जित रूपमा प्रस्तुत गर्ने प्रवृत्ति पनि बढ्दै गएको काउन्सिलले जनाएको छ।

काउन्सिलका अनुसार बाँके, प्युठान, दाङ, अर्घाखाँची र कैलाली लगायत जिल्लामा सञ्चारकर्मीहरूले सरकारी कार्यालयमा अनुमति बिना प्रवेश गरी भिडियो खिच्ने, प्रश्न सोध्ने र पछि सूचना प्रसारण गरेको भन्दै बिल पेश गर्ने जस्ता गुनासा समेत आएका छन्।

प्रेस काउन्सिलले यस्ता गतिविधि पत्रकारिताको पेसागत आचरणविपरीत भएको भन्दै तत्काल रोक्न आग्रह गरेको छ।
काउन्सिलले सञ्चार क्षेत्रलाई स्वतन्त्र, मर्यादित र विश्वसनीय बनाउन पत्रकार आचारसंहिता पालना अनिवार्य रहेको स्पष्ट पारेको छ। साथै, गलत वा भ्रामक सामग्री प्रकाशित भएमा प्रभावित व्यक्ति वा संस्थाले काउन्सिलमा उजुरी दिन सक्ने व्यवस्था रहेको पनि जानकारी गराएको छ।

काउन्सिलले मिथ्या सूचना, तथ्यहीन सामग्री, तथा सामाजिक सञ्जालमार्फत हुने चरित्र हत्या र धम्कीपूर्ण गतिविधिप्रति कडा कारबाही गरिने चेतावनी दिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit