Advertisement
Advertisement
Corporate Samachar
२९ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

स्याकार ट्रेडिङद्वारा होण्डाका दुई प्रिमियम सर्भिस सेन्टर उद्घाटन, सेवा विस्तारको घोषणा

स्याकार ट्रेडिङद्वारा होण्डाका दुई प्रिमियम सर्भिस सेन्टर उद्घाटन, सेवा विस्तारको घोषणा
विज्ञापन
Advertisement

काठमाडौं । पद्म ज्योति ग्रुपअन्तर्गत स्याकार ट्रेडिङ कम्पनीले नेपालमा होण्डा ग्राहकहरूलाई अझ उत्कृष्ट तथा विश्वस्तरीय सेवा प्रदान गर्ने लक्ष्यसहित नयाँ सर्भिस सेन्टर विस्तारको घोषणा गरेको छ। कम्पनीले पहिलो चरणमा देशभर ६ वटा अत्याधुनिक सेवा केन्द्र सञ्चालनमा ल्याउने योजना सार्वजनिक गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

यसैक्रममा त्रिपुरेश्वरस्थित सेवा केन्द्र (पूर्व टेकुबाट स्थानान्तरण गरिएको) र कान्तिपथस्थित ज्योति भवनमा रहेका दुई प्रिमियम सर्भिस सेन्टरहरूको औपचारिक उद्घाटन सम्पन्न गरिएको छ।
उद्घाटन समारोहमा होण्डा मोटर कं. लि.का उपाध्यक्ष तथा एशिया एण्ड ओसियाना क्षेत्रीय इकाइ प्रमुख तोसिओ कुवाहारा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। साथै, स्याकार ट्रेडिङका चेयरम्यान सौरभ ज्योति र भाइस चेयरम्यान सुहृद ज्योतिको पनि उपस्थिति रहेको थियो।

कम्पनीले “पहिलेकै मूल्यमा प्रिमियम सर्भिस” अवधारणा अगाडि सार्दै ग्राहकहरूलाई अतिरिक्त शुल्कबिना उच्चस्तरीय सेवा प्रदान गर्ने जनाएको छ। यस पहलमार्फत सेवा प्रक्रियालाई अझ प्रभावकारी, छिटो र ग्राहकमैत्री बनाउने लक्ष्य लिइएको कम्पनीको भनाइ छ।

स्याकार ट्रेडिङले कस्टमर फर्स्ट एप्रोचलाई प्राथमिकतामा राख्दै सेवा दिने जनशक्तिलाई विशेष तालिम प्रदान गरिएको जनाएको छ। साथै, दक्ष मेकानिक्समार्फत विश्वस्तरीय सेवा सुनिश्चित गरिने बताइएको छ।

नयाँ सर्भिस सेन्टरहरूमा थ्रीएस (शोरुम, सर्भिस र जेन्युन पार्ट्स) सुविधा एकै स्थानमा उपलब्ध हुनेछ, जसले ग्राहकहरूलाई सहज र भरपर्दो सेवा अनुभव दिने अपेक्षा गरिएको छ। सेवा लिन आउने ग्राहकहरूका लागि आरामदायी वेटिङ लाउन्जसँगै निःशुल्क कफी तथा कोल्ड ड्रिंक्सको व्यवस्था पनि गरिएको छ।

त्यसैगरी, अत्याधुनिक डायग्नोस्टिक उपकरण, डिजिटल सर्भिस ट्रयाकिङ प्रणाली र फास्ट सर्भिस बेजमार्फत कम समयमा गुणस्तरीय सेवा प्रदान गरिने कम्पनीले जनाएको छ। होण्डाका जेन्युन स्पेयर पार्ट्सको सुनिश्चित उपलब्धता पनि यस सेवाको महत्वपूर्ण पक्षका रूपमा रहनेछ।

स्याकार ट्रेडिङले यस विस्तार योजनामार्फत देशभरका होण्डा ग्राहकहरूलाई अन्तर्राष्ट्रिय स्तरको सेवा अनुभव प्रदान गर्ने प्रतिबद्धता दोहोर्‍याउँदै आगामी दिनहरूमा थप सेवा केन्द्रहरू विस्तार गर्दै आफ्नो पहुँच अझ सुदृढ बनाउने जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit