Advertisement
Advertisement
Corporate Samachar
३० जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपालीको खर्च गर्ने क्षमता २ हजार डलर नाघ्ने, प्रतिव्यक्ति आयमा भने सुस्तता

नेपालीको खर्च गर्ने क्षमता २ हजार डलर नाघ्ने, प्रतिव्यक्ति आयमा भने सुस्तता
विज्ञापन
Advertisement

काठमाडौं । नेपालको आर्थिक परिसूचकहरूमा अमेरिकी डलरको विनिमय दरमा भएको वृद्धिले प्रत्यक्ष असर पारेको देखिएको छ।नेपालको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनमा अमेरिकी डलरको विनिमय दरमा भएको वृद्धिका कारण केही संकुचन आउने देखिएको छ। सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को प्रारम्भिक अनुमान अनुसार नेपालीहरूको औसत आम्दानीमा डलरको महँगीले प्रत्यक्ष असर पार्ने देखिएको हो।

विज्ञापन
Advertisement
Advertisement

प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनमा गिरावट  
राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसाप्रार आर्थिक वर्ष २०८२/८३ मा नेपालको प्रतिव्यक्ति आए १ हजार ५१३ अमेरिकी डलर रहने अनुमान गरिएको छ। यो अघिल्लो आर्थिक वर्ष २०८१/८२ को संशोधित अनुमान १,५१६ डलरको तुलनामा ३ डलरले कम हो। आर्थिक वर्ष २०८०/८१ मा भने यो सूचक १,४५६ डलर रहेको थियो। कार्यालयका अनुसार उत्पादनमा ठुलो ह्रास आएर नभई, अमेरिकी डलरको सटही दरमा भएको उच्च वृद्धिका कारण डलरमा गणना गर्दा प्रतिव्यक्ति आय कम देखिएको हो।

नेपालीहरूको खर्च गर्न सक्ने क्षमता बढ्यो 

प्रतिव्यक्ति कुल राष्ट्रिय आयको हकमा भने यो वर्ष स्थिरता देखिएको छ। चालू आर्थिक वर्ष र गत आर्थिक वर्ष दुवैमा प्रतिव्यक्ति राष्ट्रिय आय १,५३५ अमेरिकी डलर कायम हुने अनुमान कार्यालयले गरेको छ। २०८०/८१ मा यस्तो आय १,४८० डलर रहेको थियो। अर्कोतर्फ, नेपालीहरूको खर्च गर्न सक्ने क्षमता अर्थात् प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आयमा भने वृद्धि देखिएको छ। कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२/८३ मा प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आय २ हजार ४४ अमेरिकी हुने प्रारम्भिक अनुमान गरिएको छ। आर्थिक वर्ष २०८१/८२ मा प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आय १ हजार ९९४ डलर रहेको थियो । यस्तै, आर्थिक वर्ष २०८०/८१ को तथ्याङ्क अनुसार उक्त वर्षमा प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आय १,८७७ डलर कायम थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit