images images images
images images images
images
images
images

पतञ्जली जग्गा भ्रष्टाचार प्रकरण: माधव नेपालसहित ११ जनासँग जनही १८ करोड साढे ५८ लाख बिगो माग, यी हुन् मुद्दा लागेका ९३ सहित ३७ जना प्रतिवादी (सूचीसहित)

images

काठमाडाैं  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली योगपिठको जग्गा सट्टापट्टा प्रकरणमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । यो प्रकरणमा अख्तियारले पतञ्जली योग पीठ तथा आर्यूवेद कम्पनी नेपाल र सुसम्पन्न हाउजिङ्ग सँगै अन्य ३७ जनालाई प्रतिवादी बनाएको छ ।  पतञ्जली जग्गा भ्रष्टाचार प्रकरणमा माधव नेपालसहित ११ जनासँग आयोगले जनही १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो माग गरी मुद्दा चलाएको छ ।

कुन कसुरमा को–को विरुद्ध दायर भयो भ्रष्टाचार मुद्दा ? 

images
images

१. पतञ्जली योगपिठ तथा आयुर्वेद कम्पनीको नाउँमा हद भन्दा बढी जग्ग्गा खरिद गर्ने गराउने कसुरमा मालपोत कार्यालय काभ्रेपलाञ्चोकका १३ जना, गुठी संस्थान शाखा कार्यालय काभ्रेपलाञ्चोकै ३ जना र सोही कम्पनी र संस्थापक सदस्य गरी कूल १७ जना र १ कम्पनीविरुद्द मुद्दा दायर गरेको छ ।

अख्तियारले पहिलो नम्बरमा मालपोत कार्यालय काभ्रेपलाञ्चोकका तत्कालिन मालपोत अधिकृत प्रम बहादुर देसार, साखा अधिकृत (विशेष) नवराज बस्नेत, नायब सुब्बाहरु रामृष्ण खत्री, केदारनाथ भट्टराई, विनोद कोइराला, विष्णु प्रसाद होमागाईं, राम काजी श्रेष्ठ, हरि शरण श्रेष्ठ, राम प्रसाद सत्याल, कृष्ण प्रसाद सापकोटा विरुद्ध मुद्दा दायर गरेको छ । यसैगरी सोही कार्यालयका खरिदारहरु बद्री प्रसाद हुमागाईं, पुष्प कुमार पौडेल, रोसकाजी जस्पाउ विरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ९ बमोजिम कैद र जरिवाना सहित मुद्दा दायर भएको छ ।

अख्तियारले दोस्रो नम्बरमा गुठी संस्थान शाखा कार्यालय काभ्रेपलाञ्चोकका कार्यालय प्रमुख बैकुण्ठ प्रसाद रेग्मी, फाँट वाला माधव प्रसाद होमागाईं र कार्यालय सहायक राजकुमार सिग्देलविरुद्ध पनि उल्लेखित ऐन बमोजिम कारबाही माग गरेको छ । पतञ्जली योगपिठ तथा आयुर्वेद कम्पनी नेपाल र उक्त कम्पनीका संस्थापक सदस्य शालिग्राम सिंहविरुद्ध अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ९ बमोजिम मुख्य कसुरदारहरुलाई हुने सजायलाई आधार मानी सोही ऐनको दफा २२ को प्रतिवन्धात्मक वाक्यांश बमोजिम मुख्य कसुरदारलाई हुने सजाय सरहको सजाय माग गरेको छ ।

२. झुटो लिखत बनाएर बैंकबाट ऋण निकालेको कसुरमा 

यो कसुरमा तत्कालिन सनराइज बैंकका कर्मचारी र मालपोतका तत्कालिन कर्मचारी १३ जनासहित पतञ्जली योगपिठ तथा आयुर्वेद कम्पनी विरुद्द मुद्दा दायर भएको छ ।

जसमा मालपोत कार्यालय, काभ्रेपलाञ्चोकका तत्कालीन नायब सुब्बाहरु विनोद कोइराला, राम कृष्ण खत्री, हरि शरण श्रेष्ठ, राम काजी श्रेष्ठ र खरिदार बद्री प्रसाद हुमागाई, गुठी संस्थान, शाखा कार्यालय, काभ्रेपञ्चोकका वरिष्ठ सचिव पवन आचार्य, तत्कालीन सनराईज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किशोर कुमार महर्जन, सहायक महाप्रबन्धक नीता प्रधान, विभागका अधिकृत सुजित पोखरेल, प्रबन्धक राजीब सापकोटा, अधिकृत जोखिम शाखा ममता पराजुली छिन् । यस्तै, पतञ्जली योगपिठ तथा आयुर्वेद कम्पनी नेपाल र सोही कम्पनीको संस्थापक सदस्य शालिग्राम सिंह रहेका छन् ।

३. बदनियतपूर्वक ओहदाको दूरुपयोग गरी कानून विपरित सरकारी जग्गा कम्पनीको बनाउन चलखेल गरेको कसुरमा

यो कसुरमा अख्तियारले कम्पनीसहित ४५ जना विरुद्द मुद्दा दर्ता गरेको छ । तत्कालिन प्रधानमन्त्री माधव कुमार नेपाललाई पहिलो नम्बरमा प्रतिवादी बनाएर दर्ता भएको मुद्दामा पूर्व मन्त्री देखि  मन्त्रिपरिषद् विधेयक समितिका तत्कालीन संयोजक सम्म रहेका छन् ।

पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, मन्त्रिपरिषद् विधेयक समितिका तत्कालीन संयोजक प्रेम बहादुर सिंह, तत्कालीन मन्त्री डम्बरबहादुर श्रेष्ठ बितिसकेकाले उनका छोरा सन्तोष श्रेष्ठ, तत्कालीन मुख्य सचिव स्वर्गीय माधवप्रसाद घिमिरेपनि बितिसकेकाले उनकी श्रीमती कमला घिमिरे, तत्कालीन सहसचिवहरु जितबहादुर थापा र लालमणि जोशीविरुद्ध पनि मुद्दा दर्ता भएको छ । तत्कालिन गान्धीप्रसाद सुवेदी, तत्कालीन कानुन उपसचिव कलानिधि पौडेल, भुपेन्द्रमणि केसी, तत्कालीन महानिर्देशक केशरबहादुर बानियाँ र तत्कालीन उपसचिव राजाराम थापाविरुद्ध पनि जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएको छ । यसैगरी सिताराम पोखरेल, नायव सुब्बा वुद्धि बहादुर कार्की, मालपोत अधिकृत प्रेम बहादुर देसार, सुब्बा केदारनाथ भट्टसराई, खरिदार मोहनराज शर्मा, तत्कालिन नायब सुब्बाहरु विनोद कोइराला, राम कृष्ण खत्री, हरि शरण श्रेष्ठ, राम काजी श्रेष्ठ र खरिदार बद्री प्रसाद हुमागाई, गुठी संस्थान, शाखा कार्यालय, काभ्रेपञ्चोकका वरिष्ठ सचिव पवन आचार्य र फाँटवाल माधव प्रसाद होमागाई रहेका छन् ।

तत्कालीन सनराईज बैंक लिमिटेडका जुनियर म्यानेजमेन्ट ट्रेनी एशु मैनाली, उप(प्रबन्धक मनोज न्यौपाने, वरिष्ठ सहायक विक्रान्त कोईराला, प्रमुख व्यवस्थापक रविन कुमार नेपाल, सहायक महाप्रबन्धक आशा राणा अधिकारी, जोखिम व्यवस्थापन विभागका प्रमुख संजय कुमार सिद्धी, अनुपालन विभागमा कार्यरत सुनिल रत्न स्थापित र नायब महाप्रबन्धक बलराम विष्ट, पतञ्जली योगपिठ तथा आयुर्वेद कम्पनी र त्यसका प्रमुख संस्थापक सदस्य शालीग्राम सिंह छन् । भोजराज शर्मा वाग्ले, जीवनराज कँडेल, ध्रुवराज थापा, मनु घिमिरे, ओमप्रकाश वंश, भिमदत्त जोशी, विरेन्द्रलाल श्रेष्ठ र लक्ष्मण कार्की विरुद्ध पनि मुद्दा दायर भएको अख्तियारले जनाएको छ ।

४ . काभ्रेपलाञ्चोकको मालपोत कार्यालयबाट चौतारामा प्रालीको नाममा हद भन्दा बढी जग्गा खरिद गरी पतञ्जलीको नाममा सरुवा गराउने कसुरमा

यो कसुरमा पनि मालपोत कार्यालय काभ्रेपलाञ्चोकका तत्कालीन मालपोत अधिकृत प्रेम बहादुर देसार अख्तियारको अनुसन्धानबाट मुख्य दोषी पाइएका छन् । उनीसँगै सोही कार्यालयका शाखा अधिकृत नवराज बस्नेत, नायब सुब्बा राम कृष्ण खत्री, खरिदार बद्रिप्रसाद हुमागाईं, तत्कालीन मालपोत अधिकृत वेद प्रसाद अर्याल, शाखा अधिकृत उमेश राज दाहाल र नायब सुब्बाहरु तुलामणि राजभण्डारी, जिव रमण उप्रेती र मोहन प्रसाद पराजुली, चौतारामा प्रा.लि. तथा उक्त कम्पनीका संस्थापक सदस्यहरु विश्वरत्न शाक्य, शेखर कुमार राणा, राधेश्यााम सराफको मृत्यु भैसकेकाले उनका छोरा अरुणकुमार सराफ विरुद्ध मुद्दा चलाइएको छ ।
यो कसुरमा पनि पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी नेपाल र उक्त कम्पनीका मुख्य भई कामकाज गर्ने संस्थापक सदस्य शालीग्राम सिंह मुछिएका छन् ।

को को छन् प्रतिवादी ?

सरकारी जग्गा दुई निजी कम्पनीको नाममा ल्याउन भूमिका खेलेका विरुद्ध आयोगले दुई वटा कम्पनी र ३७ जनालाई प्रतिवादी बनाएको छ ।

प्रतिवादीहरुमा पतञ्जली योग पीठ तथा आर्यूवेद कम्पनी नेपाल, भोज राज शर्मा वाग्ले, जीवन राज कडेल, ओम प्रकाश वंशल, लक्ष्मण कार्की, गुप्तराज कोइराला, दामोदर अधिकारी, म्लाङ डोङ तामाङ, नमिता भण्डारी, निर्मला पौडेल, बद्री भक्त नाऐभा, बासुदेव थापा, यादव प्रसाद जोशी, राकेश सुवाल, राजेश त्वायना, राजेश साँदलाई प्रतिवादी बनाएको छ । यसैगरी अख्तियारले बनाएको अन्य प्रतिवादीहरुमा रोशनी लक्ष्मी तुईतुई, लक्ष्मी केशरी जाकीबन्जार, सुरेन्द्र कुमार कोइराला, शिवहरी थापा, अमित श्रेष्ठ, तुल्सी राम सुवाल, नारायण कृष्ण जोशी, न्हुछे रत्न खाईतु, प्रकाश खाइजु, मिनु सुवाल, विक्रम प्रजापती, शिवनाथ त्वाना बासु, मन्जु कवाँ र सुसम्पन्न हाउजिङ्गको नाममा रहेको कुल ५५४ रोपनी ५ आना १ पैसा क्षेत्रफलको जग्गा जफत गर्न माग गरेको छ ।

अख्तियारले दायर गरेको मुद्दामा भनिएको छ, ‘सरकारी सार्वजनिक कायम हुने जग्गाहरु भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९(ख) समेतको प्रचलित कानून बमोजिम जफत गर्न मागदाबी सहित आरोपपत्र दायर गरिएको छ।

प्रतिवादीहरु गुप्तराज कोइराला, दामोदर अधिकारी, म्लाङ डोङ तामाङ, नमिता भण्डारी, निर्मला पौडेल, बद्री भक्त नाऐभा, बासुदेव थापा, यादव प्रसाद जोशी, राकेश सुवाल, राजेश त्वायना, राजेश साँद, रोशनी लक्ष्मी तुईतुई, लक्ष्मी केशरी जाकीबन्जार, सुरेन्द्र कुमार कोइराला, शिवहरी थापा, अमित श्रेष्ठ, तुल्सी राम सुवाल, नारायण कृष्ण जोशी, न्हुछे रत्न खाईतु, प्रकाश खाइजु, मिनु सुवाल, विक्रम प्रजापती, शिवनाथ त्वाना बासु, मन्जु कवाँ र सुसम्पन्न हाउजिङ्गलाई जग्गा जफत प्रयोजनको लागि मात्र प्रतिवादी कायम गरिएको छ । ’

कसलाई कति सजाय मागदाबी ?

पूर्व प्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल : भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरे बमोजिम बिगो १८,५८,५०,००० रुपैयाँ सहित सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (झ) बमोजिम कारबाही । यस्तै, भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय (ज) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम  जरिवाना गरी सोही ऐनको दफा १७ बमोजिम बिगोअसुल उपर गर्न अख्तियारले माग गरेको छ । साथै सोही ऐनको दफा २४ बमोजिम थप सजाय हुन मागदाबी लिईएको छ ।

तत्कालिन मन्त्रिपरिषद् विधेयक समितिका संयोजक प्रेम बहादुर सिंह : भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरे बमोजिम विगो १८,५८,५०,००० रुपैयाँ कायम गरी सोही ऐनको दफा ३ को उपदफा १ को देहाय (झ) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय (ज) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगो बमोजिम जरिवाना गरी सोही ऐनको दफा १७ बमोजिम बिगोअसुल उपर हुन र साथै सोही ऐनको दफा २४ बमोजिम थप सजाय हुन मागदाबी छ ।

पूर्व मन्त्री छबिलाला पन्त, सचिवहरु जीतबहादुर थापा र लालमणी जोशी : भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम तीनै जनाका लागि बिगो १८, ५८,५०,००० रुपैयाँ विगो । सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (झ) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय (ज) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगो बमोजिम जरिवाना गरी सोही ऐनको दफा १७ बमोजिम बिगो असुल उपर हुन र साथै सोही ऐनको दफा २४ बमोजिम थप सजाय माग गरिएको छ ।

श्रेष्ठको मृत्यु भईसकेको हुँदा निजको हकमा उनको छोरा सन्तोष श्रेष्ठलाई विगो असुल उपर गर्ने प्रयोजनार्थ प्रतिवादी बनाईएको अख्तियारले  जनाएको छ । भूमिसुधार तथा व्यवस्था मन्त्रालय र मालपोत काभ्रेपलाञ्चोकका संलग्न प्रमुख र अन्य कर्मचारीको हकमा पनि अख्तियारले  १८, ५८,५०,००० रुपैयाँ बिगो माग गरेको छ ।  बाँकीका हकमा भने कसुर हेरेर ८७,००, ००० देखि ९०, ००, ००० सम्म बिगो रकम माग गरेको छ ।

नेपालमाथि अख्तियारले दायर गरेको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा के छ ?

दफा १७ मा सम्पत्तिको हिनामिना वा दुरूपयोग गर्नेलाई सजाय गर्ने उल्लेख छ।

उक्त दफामा भनिएको छ, ‘कुनै राष्ट्र सेवकले आफ्नो जिम्मामा रहेको सार्वजनिक, सरकारी वा कसैको निजी सम्पत्ति बदनियतपूर्वक आफू वा अन्य कुनै व्यक्ति वा निकायलाई लाभ हुने गरी हिनामिना वा दुरूपयोग गरेमा वा मासेमा वा रूपान्तरण वा हस्तान्तरण गरेमा निज वा निजसँग मिली कसुर गर्ने अन्य व्यक्तिबाट त्यस्तो सम्पत्ति वा सोको बिगो असुल उपर गरी कसुरको मात्रा अनुसार दफा ३ बमोजिम सजाय हुनेछ। ’ नेपालविरूद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी १० वर्षदेखि १४ वर्षसम्म कैद सजायको माग अख्तियारले गरेको छ।

त्यस्तै बिगो बमोजिम जरिवाना र उक्त बिगो असुल गरेर पनि उती तत्कालीन प्रधानमन्त्री भएकाले थप तीन वर्षसम्मको कैद सजाय गर्न अख्तियारले अदालतसमक्ष माग गरेको छ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टचारको मुद्दा दर्ता गरेर सासंद पद निलम्ब हुँदै गर्दा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल भने आफ्नो निर्वाचन क्षेत्र रौतहटमा सडक अनुगमनमा व्यस्त थिए ।

images
images

प्रतिक्रिया दिनुहोस्