Advertisement
Advertisement
Corporate Samachar
३० जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

अर्थतन्त्र ६६ खर्ब रुपैयाँ बराबर, ३.८५ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण

अर्थतन्त्र ६६ खर्ब रुपैयाँ बराबर, ३.८५ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण
विज्ञापन
Advertisement

काठमाडौं । सरकारले चालु आर्थिक वर्षका लागि राखेको आर्थिक वृद्धिको लक्ष्य र वास्तविक वृद्धिबीच ठूलो खाडल देखिने भएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको वार्षिक राष्ट्रिय लेखा अनुमान प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ। यो वृद्धिदर सरकारले बजेटमार्फत राखेको ६ प्रतिशतको लक्ष्यभन्दा २.३५ प्रतिशत बिन्दुले कम हो।

विज्ञापन
Advertisement
Advertisement

प्रतिवेदन अनुसार यस वर्ष नेपालको अर्थतन्त्रको कुल आकार ६६ खर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ। आर्थिक वर्ष २०८१/८२ मा ४.६१ प्रतिशतको आर्थिक वृद्धिदर हासिल भएको थियो, जसले अर्थतन्त्रको आकार ६१ खर्ब ९९ अर्ब (करिब ६२ खर्ब) पुर्‍याएको थियो। गत वर्षको तुलनामा यस वर्ष वृद्धिदरमा केही संकुचन देखिए पनि अर्थतन्त्रको समग्र आकारमा भने वृद्धि भएको छ।तथ्यांक कार्यालयका अनुसार चालु आर्थिक वर्षको ६ देखि ८ महिनासम्मको वास्तविक तथ्यांक र बाँकी अवधिको प्रक्षेपणका आधारमा यो विवरण तयार पारिएको हो।

सार्वजनिक तथ्यांकअनुसार प्रमुख क्षेत्रगत रुपमा कृषि र गैर–कृषि क्षेत्रको वृद्धिदरमा भिन्नता देखिएको छ। कार्यालयका अनुसार कृषि क्षेत्रतर्फ कृषि, वन तथा मत्स्यपालन क्षेत्रको वृद्धिदर १.५८ प्रतिशतमा सीमित हुने अनुमान छ। गत वर्ष यस क्षेत्रको वृद्धिदर ३.०५ प्रतिशत रहेको थियो। यस्तै गैर कृषि क्षेत्रको वृद्धिदर भने ४.५४ प्रतिशत रहने प्रक्षेपण गरिएको छ। गत आर्थिक वर्षमा यो क्षेत्रमा ४.१२ प्रतिशतले वृद्धि भएको थियो।

सार्वजनिक तथ्यांकलाई विश्लेषण गर्दा कृषि क्षेत्रको वृद्धिदर अघिल्लो वर्षको तुलनामा करिब आधाले घट्ने देखिएको छ। तर, गैर–कृषि क्षेत्रमा भने सुधारका संकेतहरू देखिएका छन्, जसले समग्र अर्थतन्त्रलाई ३.८५ प्रतिशतको वृद्धिदर कायम राख्न मद्दत पुर्‍याउने अनुमान गरिएको छ । यसैगरी, समग्र औद्योगिक क्षेत्रलाई प्राथमिक क्षेत्र, द्वितीय क्षेत्र र सेवा क्षेत्र गरी प्रमुख तीन समूहमा विभाजन गरेर अध्ययन गरेको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०८२/८३ मा यी तीन प्राथमिक, द्वितीय तथा सेवा क्षेत्रको वृद्धिदर क्रमशः १.६३ प्रतिशत, ५.७७ प्रतिशत र ४.२१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ। संशोधित विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ मा प्राथमिक, द्वितीय तथा सेवा क्षेत्रको वृद्धिदर क्रमशः ३.०१ प्रतिशत, ३.४० प्रतिशत र ४.३६ प्रतिशत रहको थियो।

सरकारले उपभोक्ताको मूल्यमा आधारित कुल गार्हस्थ्य उत्पादन जीडीपी ६६ खर्ब पुग्ने अनुमान गरेसँगै नेपाली अर्थतन्त्र क्रमश विस्तार हुँदै अघि बढेको देखिन्छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit