Advertisement
Advertisement
Corporate Samachar
१ असार २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

अर्थतन्त्रमा ‘ब्रेकथ्रू’ हुने गरी १९ खर्बको बजेट आउछ : अर्थमन्त्री

अर्थतन्त्रमा ‘ब्रेकथ्रू’ हुने गरी १९ खर्बको बजेट आउछ : अर्थमन्त्री
विज्ञापन
Advertisement

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि करिब १९ खर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ। राष्ट्रिय योजना आयोगले बजेटको सीमा (सिलिङ) १९ खर्बको निर्धारण गरेको जानकारी अर्थ मन्त्रीले दिएका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल आर्थिक पत्रकार समाज (सेजन) द्वारा आज आयोजित ‘प्री–बजेट’ छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यसपटकको बजेट केवल आय–व्ययको विवरण मात्र नभई अर्थतन्त्रमा ‘ब्रेकथ्रू’ गर्ने औजार हुने दाबी गरे । मन्त्रालयले उत्पादन वृद्धि र नीतिगत सुधारलाई केन्द्रित गरी बजेट निर्माणको काम अघि बढाएको उनको भनाइ थियो ।

अर्थमन्त्री वाग्लेले वर्तमान सरकारले अर्थतन्त्रको संरचनामा ‘सर्जरी’ (आमुल परिवर्तन) गर्न चाहेको बताए । चैतमा सरकार बनेका कारण केही प्राविधिक कठिनाइ भए तापनि फजुल खर्च कटौती र कर प्रणालीको सरलीकरणमा सरकार निर्मम भएर लाग्ने उनको भनाइ छ। उनले भने, ‘यदि माघमै सरकार बनेको भए अझै ठूलो सर्जरी गर्न सकिन्थ्यो, तर अहिले पनि हामी कहाँ र कसरी फजुल खर्च घटाउन सकिन्छ भन्नेमा केन्द्रित छौँ। १९ खर्बको बजेटबाटै चमत्कारिक नतिजा निकाल्न सकिन्छ ।’

बजेटले अनुत्पादक क्षेत्रमा अन्धाधुन्ध लगानी रोकी उत्पादन बढाउने योजनालाई प्राथमिकता दिने तथा सय वस्तुमा लगाइएको अन्तःशुल्कको पुनरावलोकन र कच्चा पदार्थको तुलनामा तयारी वस्तुमा रहेको करको विसंगति हटाउने गरी कर संरचनामा सुधार गरिने उनले बताए । यस्तै, उनले सरकारले हालको ६६ खर्बको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) लाई आर्थिक वर्ष २०८३/८४ सम्ममा ७३–७४ खर्ब रुपैयाँ पुर्‍याउने लक्ष्य राखेको पनि धारणा राखे । यो लक्ष्य भेटाउन निजी क्षेत्रको सक्रिय सहभागिता अनिवार्य रहेको र सरकारले निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डका रूपमा स्वीकार गरेको उनको भनाइ थियो ।

यस्तै, मन्त्री वाग्लेले गल्ती नगर्ने उद्योगी /व्यवसायीहरू सरकारसँग डराउनु नपर्दैर्ने भन्दै ढाडस दिएका छन् । पछिललो समय निजी क्षेत्र त्रसित बनेको अवस्थाप्रति उनले भने, ‘गल्ती नगरेका व्यवसायी डराउनुपर्ने अवस्था छैन। ट्रक रोकेर असुली गर्ने धन्दा बन्द भइसकेको छ।’ तर, खुला अर्थतन्त्रको नाममा हुने अनियमितता र आपराधिक गतिविधिमा संलग्नलाई भने कुनै पनि हालतमा उन्मुक्ति नदिइने उनले प्रस्ट पारे ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit