काठमाडौं । आगामी सिजनका लागि आवश्यक रासायनिक मल खरिद गर्न अर्थ मन्त्रालयले १० अर्ब रुपैयाँ बराबरको स्रोत सहमति दिएको छ।
स्रोत सहमति प्राप्त भएसँगै उक्त रकमबाट आवश्यक रासायनिक मल खरिदका लागि टेन्डर आह्वान गर्ने प्रक्रिया अघि बढाइने भएको छ। कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले किसानलाई समयमै आवश्यक मल उपलब्ध गराउने उद्देश्यले खरिद तथा आपूर्ति व्यवस्थापनको तयारी अघि बढाउने बताइन् ।
मुख्य खेती सिजनमा मलको अभाव हुन नदिन समयमै खरिद प्रक्रिया पूरा गरी आपूर्ति सुनिश्चित गर्न मन्त्रालयले प्राथमिकता दिएको जनाएको छ। मन्त्री चौधरीले किसानले खेतीको मुख्य समयमा मल अभाव व्यहोर्न नपरोस् भन्ने उद्देश्यले खरिद प्रक्रिया र आपूर्ति व्यवस्थापनलाई प्रभावकारी रूपमा अघि बढाउन निर्देशन समेत दिएको उनको सचिवालयले जनाएको छ।















प्रतिक्रिया दिनुहोस्