Advertisement
Advertisement
Corporate Samachar
१ असार २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सरकारलाई कार्यान्वयनयोग्य र यथार्थपरक बजेट ल्याउन पूर्व अर्थमन्त्री खनालको सुझाव

सरकारलाई कार्यान्वयनयोग्य र यथार्थपरक बजेट ल्याउन पूर्व अर्थमन्त्री खनालको सुझाव
विज्ञापन
Advertisement

काठमाडौं । पूर्व अर्थमन्त्री रामेश्वर खनालले सरकारले आगामी आर्थिक वर्षका लागि महत्वाकांक्षी भन्दा पनि कार्यान्वयन गर्न सकिने यथार्थपरक बजेट ल्याउनुपर्ने सुझाव दिएका छन्।

विज्ञापन
Advertisement
Advertisement

नेपाल आर्थिक पत्रकार समाज (सेजन) द्वारा बिहीबार आयोजित पूर्व–बजेट छलफल कार्यक्रममा खनालले सरकारको प्रारम्भिक रुपमा लिएको केही नीतिगत अडानहरू सकारात्मक र नीतिगत स्थिरताका लागि सरकारको सुरुवाती कदमको प्रशंसा गरे ।

खनालले सरकारी गाडी फिर्ता गर्ने जस्ता साना निर्णयहरूले सुशासनको क्षेत्रमा ठूलो सन्देश दिने भन्दै सरकारको सुरुवाती अडानको स्वागत गरे। विशेषगरी, आगामी १० वर्षसम्म कर नीतिलाई स्थिर राख्ने सरकारको प्रतिबद्धताले निजी क्षेत्रमा उत्साह थप्ने उनले बताए।

लक्ष्य र रोजगारीमा स्पष्टताको माग 
प्रतिव्यक्ति आय ३ हजार डलर पुर्‍याउन करिब १४.८७ प्रतिशतको आर्थिक वृद्धि आवश्यक पर्ने भन्दै खनालले हालको गतिमा उक्त लक्ष्य भेट्टाउन चुनौतीपूर्ण रहेको औंल्याए। साथै, सरकारले घोषणा गरेको १५ लाख रोजगारी सिर्जनाको विषयमा पनि उनले स्पष्टता माग गरे। ‘यो संख्या नयाँ रोजगारी सिर्जना गर्ने हो वा पुरानालाई प्रतिस्थापन गर्ने हो, सरकारले खुलाउनुपर्छ,’ पूर्व अर्थमन्त्री खनालले भने।

यस्तै, खनालले अर्थतन्त्र सुधारका लागि आयोगका सिफारिस कार्यान्वयन गर्न आवश्यक रहेको बताएका छन् । आफू नेतृत्वको उच्चस्तरीय सुधार आयोग र डिल्लीराज खनाल नेतृत्वको सार्वजनिक वित्त आयोगका सुझावहरूलाई तत्काल कार्यान्वयनमा लैजानुपर्ने उनको भनाइ थियो । उनले वन तथा खानी क्षेत्रबाट प्राप्त हुने स्रोतको उपयोगका लागि स्पष्ट कानुनी व्यवस्था र सुधार आवश्यक रहेको बताए । आगामी दशकभित्र नेपाललाई स्वच्छ ऊर्जा निर्यातको हब बनाउन देशव्यापी रूपमा उच्च भोल्टेज प्रसारण लाइन विस्तारमा लगानी बढाउनुपर्नेमा उनले जोड दिए । यसैगरी, १५ वटा ऐन खारेज गर्ने र राजस्व अनुसन्धान प्रणालीमा कानूनी सुधार गर्ने सरकारको तयारी सकारात्मक रहेको उनको धारणा छ।

निजी क्षेत्र र मौद्रिक अवस्था
निजी क्षेत्रमा देखिएको त्रास सम्बोधन गर्न ‘पब्लिक–प्राइभेट पार्टनरशिप’ को नयाँ मोडल आवश्यक रहेको खनालको भनाइ छ। वर्तमान आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनले बजारमा पर्याप्त तरलता हुँदाहुँदै पनि कर्जाको माग नबढ्नु गम्भीर विषय भएको बताए। यस्तो अवस्थामा मौद्रिक उपकरणमार्फत तरलता खिचिनु अर्थतन्त्रका लागि शुभ संकेत नभएको भन्दै उनले वित्तीय उपकरणमार्फत तरलता प्रवाह गर्न सरकारलाई सुझाव दिए।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit