images images images
images images images
images
images
images

‘चिया बन्धु’ खुल्यो: चिया र भेटघाटको नयाँ केन्द्र कालिकास्थानमा

images

काठमाडौं। डिल्लीबजार–कालिकास्थानस्थित आधुनिक चियाघर ‘चिया बन्धु’ सञ्चालनमा आएको छ। परम्परागत चिया संस्कृतिलाई आधुनिक शैलीमा प्रस्तुत गर्ने लक्ष्यसहित सुरु गरिएको चियाघर उद्घाटनकै दिन एक हजार कपभन्दा बढी चिया बिक्री गर्न सफल भएको सञ्चालकले जनाएका छन्।

करिब ९ आना क्षेत्रफलमा फैलिएको चियाघरमा एकैपटक करिब १०० जना ग्राहक अट्ने क्षमता रहेको छ। आधुनिक शैलीको आन्तरिक सजावटसहित तयार पारिएको चियाघरले ग्राहकलाई आरामदायी वातावरणमा चिया सेवनसँगै भेटघाट गर्ने सुविधा दिने उद्देश्य राखेको छ।

images
images

सञ्चालक अनुराग खनालका अनुसार काठमाडौंमा गुणस्तरीय चिया र सहज भेटघाट स्थलको अभाव महसुस भएपछि ‘चिया बन्धु’ को अवधारणा अघि सारिएको हो। स्याङ्जाको वालिङ नगरपालिका घर भएका खनाल, सुयोग बस्नेत र नुवाकोटका परमिश दाहालको संयुक्त लगानीमा चियाघर स्थापना गरिएको हो। अध्ययनकालदेखि सहकार्यमा रहेका उनीहरूले सोही सहकार्यलाई व्यवसायमा रूपान्तरण गरेका हुन्।

उद्घाटनका अवसरमा विशेष अफरअन्तर्गत ग्राहकलाई मसला चिया र कुकीज १० रुपैयाँमै उपलब्ध गराइँदा बिहानैदेखि चियाघरमा उल्लेख्य भीड देखिएको थियो।

चिया बाहेक विभिन्न खाजा तथा नास्ताको समेत व्यवस्था गरिएको ‘चिया बन्धु’ ले विशेषगरी युवा पुस्ता र कार्यालय जाने कर्मचारीलाई लक्षित गरेको छ। सञ्चालकका अनुसार कालिकास्थान क्षेत्रमा नयाँ स्वाद र सामाजिक भेटघाटको केन्द्रका रूपमा चियाघर स्थापित हुने अपेक्षा गरिएको छ।

images
images

प्रतिक्रिया दिनुहोस्