Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

दुई दशकको यात्रामा कंगारु एजुकेशन, आगामी ५ वर्षको रणनीतिक योजना सार्वजनिक

दुई दशकको यात्रामा कंगारु एजुकेशन, आगामी ५ वर्षको रणनीतिक योजना सार्वजनिक
विज्ञापन
Advertisement

काठमाडौं । नेपालको शैक्षिक परामर्श क्षेत्रमा दुई दशकदेखि निरन्तर सेवा प्रदान गर्दै आएको कंगारु एजुकेशन फाउण्डेशनले आफ्नो २० औं वार्षिकोत्सव (कंगारु डे) मनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

संस्थाले वार्षिकोत्सवको अवसरमा काठमाडौंको बागबजारस्थित मुख्य कार्यालय ‘पर्पल हाउस’ लगायत देशभरका ११ वटै शाखाहरूमा विविध कार्यक्रम आयोजना गरेको जनाइएको छ । मुख्य समारोह बिहीबार काठमाडौंमा अयोजना गरिएको हो । संस्थाले आफ्नो २० वर्षे यात्रालाई केवल उत्सवका रूपमा मात्र नभई उपलब्धि, विश्वास र आगामी भविष्यप्रतिको प्रतिबद्धता प्रकट गर्ने अवसरका रूपमा लिएको उल्लेख गरेको छ। मुख्य समारोहमा देशभरका कार्यालय प्रमुख, कर्मचारी र सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कंगारु एजुकेशनले वैदेशिक अध्ययनका लागि अष्ट्रेलिया, न्युजिल्याण्ड, यूके, संयुक्त राज्य अमेरिका तथा क्यानाडा जान इच्छुक विद्यार्थीहरूलाई शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको छ। सोही दिन संस्थाले विशेष रूपमा ‘यूके तथा न्युजिल्याण्ड भर्ना दिवस’ समेत आयोजना गरेको थियो। वार्षिकोत्सवको विशेष अवसरमा ४५ भन्दा बढी अन्तर्राष्ट्रिय शैक्षिक संस्थाका प्रतिनिधिहरुले सहभागीता जनाएका छन् । सो अवसरमा विद्यार्थीहरूले प्रत्यक्ष परामर्श, छात्रवृत्ति र आवेदन प्रक्रियामा विशेष छुट प्राप्त गरेका थिए।

यसका साथै, २० औं कंगारु डे को अवसरमा संस्थाले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । जसअन्तर्गत महिला फुटबल खेलाडीहरूलाई सम्मान, पुस्तकालय स्थापनाको घोषणा तथा संस्थाका नेपालस्थित कार्यालय प्रमुख र प्रतिनिधिहरूको सहभागितामा विभिन्न कार्यक्रम सञ्चालन गरिएको संस्थाले जनाएको छ । सो समारोहमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी सम्मानित हुनाका साथै संस्थाले आगामी ५ वर्षका लागि डिजिटल रूपान्तरण र सेवा विस्तार समेटिएको रणनीतिक योजना समेत सार्वजनिक गरेको छ।

सो अवसरमा संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत महेश बाबु तिमल्सिनाले आगामी ५ वर्षलाई अझ प्रविधिमैत्री, गुणस्तरीय र प्रभावकारी बनाउँदै संस्थालाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यमा अघि बढ्ने बताए । उनले भने, ‘२० वर्षको यो यात्रा विश्वास, निरन्तरता र समर्पणको परिणाम हो। अब हामी आगामी पाँच वर्षलाई अझ प्रविधिमैत्री, गुणस्तरीय र प्रभावकारी सेवामार्फत नयाँ उचाइमा पुर्‍याउने लक्ष्यमा ‘भविष्य उज्जवल छ’को नारा र मर्म सहित अगाडि बढिरहेका छौं।’

कंगारु एजुकेशनले दुई दशकको यात्रामा साथ, सहयोग गर्ने सबैमा आभार व्यक्त गर्दै आगामी वर्षहरूमा अझ गुणस्तरीय, प्रविधिमैत्री र विद्यार्थी केन्द्रित सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन