काठमाडाैं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ ।
यो अवधिमा बैंकले १ अर्ब ६५ करोड ८६ लाख रुपैयाँ नाफा कमाएको छ। यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५०.४३ प्रतिशतले धेरै हो ।
गत आवको सोही अवधिमा बैंकले १ अर्ब १० करोड २६ लाख रुपैयाँ नाफा कमाएको थियो । खुद ब्याज आम्दानी सामान्य, सञ्चालन नाफा बढेर र इम्पेरमेन्ट चार्ज घटदा नाफा बढेको छ ।
बैंकको खुद ब्याज आम्दानी ३.४७ प्रतिशतले बढेर ४ अर्ब ३९ करोड ८४ लाख रहेको छ भने सञ्चालन नाफा १६.६४ प्रतिशतले बढेर २ अर्ब ४० करोड १ लाख रुपैयाँ रहेको छ ।
बैंकको इम्पेरमेन्ट चार्ज ७१ करोड ५६ लाख रुपैयाँबाट घटेर ६७ करोड ३७ लाख रुपैयाँ रहेको छ । बैंकको वितरणयोग्य नाफा ७६ करोड २२ लाख रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ३० पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १६८ रुपैयाँ १० पैसा छ ।
१५ अर्ब ८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ८ अर्ब २२ करोड रुपैयाँ छ । बैंकले २ खर्ब १३ अर्ब ५६ करोड ३५ लाख रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ५९ अर्ब २१ करोढ १२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।







कर्पोरेट समाचार 




















प्रतिक्रिया दिनुहोस्