Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

बजेट लेखन समितिमा लम्साल र पाण्डेयको ‘इन्ट्री’सँगै मस्यौदा लेखन तीव्र

बजेट लेखन समितिमा लम्साल र पाण्डेयको ‘इन्ट्री’सँगै मस्यौदा लेखन तीव्र
विज्ञापन
Advertisement

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणका लागि गठित लेखन समितिले पूर्णता पाएको छ। समितिका दुई सदस्यको सरुवा भएपछि रिक्त रहेको स्थानमा अर्थ मन्त्रालयले नयाँ सदस्य नियुक्त गरेसँगै आगामी आवको बजेट निर्माण प्रक्रियाले गति लिएको छ।

विज्ञापन
Advertisement
Advertisement

मन्त्रालयका सूचना अधिकारी किशोर ढकालका अनुसार नयाँ सदस्यका रूपमा सहसचिवद्वय अमृत लम्साल र टंकप्रसाद पाण्डेयलाई समितिमा सामेल गरिएको छ। लम्साल हालै भन्सार विभागबाट मन्त्रालय भित्रिएका हुन् भने पाण्डेय यसअघि मन्त्रालयको प्रवक्ताको जिम्मेवारीमा थिए।

हाल समितिमा संयोजक उत्तरकुमार खत्री (प्रमुख, राजस्व व्यवस्थापन महाशाखा), सदस्यहरुमा डा. सुमन दाहाल (प्रमुख, बजेट तथा कार्यक्रम महाशाखा), डा. धनिराम शर्मा (प्रमुख, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा) अमृत लम्साल र टंकप्रसाद पाण्डेय रहेका छन् । अर्थ मन्त्रालयले गत २० चैतमा गठन गरेको समितिबाट सहसचिवद्वय महेश भट्टराई र सेवन्तक पोखरेललाई १० वैशाखमा सरुवा गरेको थियो। बजेट लेखनको तयारी अन्तिम चरणमा पुग्नुअघि भएको दुई सदस्यको सरुवाको ठोस कारण भने मन्त्रालयले खुलाएको छैन।

संवैधानिक व्यवस्था अनुसार प्रत्येक वर्षको १५ जेठमा संसदमा बजेट प्रस्तुत गर्नुपर्ने बाध्यकारी नियम छ। समितिले अहिले बजेटको मस्यौदा लेखन, राजस्वका दरहरूको विश्लेषण र नीति तथा कार्यक्रमसँगको सामञ्जस्यता मिलाउने कार्यलाई तीव्र बनाएको जनाइएको छ। यसअघि बिहीबार मात्र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यसपटकको बजेट यथार्थपरक र कार्यान्वयन योग्य हुने बताएका थिए । उनले सरकारले १९ अर्बको बजेट ल्याउने र त्यो अर्थतन्त्रको ‘सर्जरी’ गर्न पर्याप्त हुने उल्लेख गरेका थिए ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit