काठमाडौं । सामसङ नेपालले ‘रेमिट मा बेनिफिट’ नामक अभियान सुरु गरेको घोषणा गरेको छ। यो पहल वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरू र उनीहरूका परिवारलाई सम्मान गर्दै ल्याइएको जनाइएको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले उनीहरूको परिवारलाई पठाएको रेमिटेन्सलाई जीवनस्तर सुधार गर्ने अर्थपूर्ण अवसरमा रूपान्तरण गर्ने उद्देश्यले ‘रेमिट मा बेनिफिट’ नामक अभियान ल्याइएको कम्पनीको भनाइ छ । सामसङले यो अभियानमार्फत आकांक्षा र पहुँचबीचको दूरी कम गर्ने लक्ष्य राखेको छ।
यस अभियानअन्तर्गत नेपालभरि रहेका रेमिटेन्समा आधारित परिवारहरूलाई प्रिमियम प्रविधि अझ सहज रूपमा उपलब्ध गराउने यरी विशेष अफरहरूल्याएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यस योजना अन्तर्गत ग्राहकहरूले सामसङका विभिन्न उत्पादनहरूमा स्मार्टफोन, सामसङ टिभी, रेफ्रिजेरेटर र वासिङ मेसिनमा अधिकतम ६ प्रतिशतसम्म क्यासब्याक पाउने, एनसेल रिचार्जमा अधिकतम १८० जीबी बोनस डेटा, २४ महिनासम्मको इएमआई सुविधा पाउनेछन् ।
यी सुविधाहरूले परिवारहरूको मासिक किस्ता भारलाई उल्लेखनीय रूपमा घटाउँदै सामसङका प्रिमियम तथा गुणस्तरीय उत्पादनहरूमा पहुँच सुनिश्चित गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ।
अफर उपयोग कसरी गर्ने ?
आइएमई रेमिट मार्फत रेमिटेन्स प्राप्त गर्ने,
आइएमई कन्ट्रोल नम्बर सहित स्टोरमा जाने,
इच्छित डिभाइस छनोट गरी एचएफएल मार्फत ऋण आवेदन गर्ने,
सामसङ स्मार्टफोन खरिद गर्दा एनसेल प्याक लिने र बोनस प्राप्त गर्ने, र
खल्ती मार्फत योग्य क्यासब्याक प्राप्त गर्ने ।
यो अभियानलाई आइएमई रेमिट, खल्ती, एनसेल, एचएफएल, हिम इलेक्ट्रोनिक्स, र त्रिवेणी व्यापार लिमिटेड जस्ता प्रमुख साझेदारहरूसँगको रणनीतिक सहकार्यले थप मजबुत बनाएको कम्पनीले उल्लेख गरेको छ । यसले देशभरिका ग्राहकहरूका लागि पहुँच, किफायतीपन र कनेक्टिभिटीलाई अझ प्रभावकारी बनाउने एकीकृत प्रणाली निर्माण गरेको बताइएको छ।
यस क्याम्पेनबारे स्यामसुङ नेपालका वरिष्ठ निर्देशक प्रणय रत्न स्थापितले भने, ‘रेमिट्यान्स विदेशमा काम गर्ने लाखौं नेपालीहरूको आशा र सपनाको प्रतिबिम्ब हो। हाम्रो ‘सपनादेखि सम्भावनासम्म’ अभियानमार्फत हामी उनीहरूको योगदानलाई सम्मान गर्दै प्रविधिलाई हरेक नेपाली परिवारको पहुँचमा पुर्याउन चाहन्छौं। यसले कठिन परिश्रमले कमाएको पैसालाई अर्थपूर्ण प्रगतिमा रूपान्तरण गर्नेछ।’















प्रतिक्रिया दिनुहोस्