Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

रास्वपा सचिवालय सदस्य सागर ढकालले लिए शपथ

रास्वपा सचिवालय सदस्य सागर ढकालले लिए शपथ
विज्ञापन
Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनियुक्त सचिवालय सदस्य सागर ढकालले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

विज्ञापन
Advertisement
Advertisement

आइतबार पार्टीको केन्द्रीय कार्यालय चःमतिमा पार्टी सभापति रवि लामिछानेले ढकाललाई शपथ गराएका हुन्। अघिल्लो केन्द्रीय समिति बैठकले उनलाई पार्टीको महत्वपूर्ण मानिने केन्द्रीय सचिवालय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको थियो।

ढकाल गुल्मी क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्। इन्जिनियरिङ पृष्ठभूमिबाट राजनीतिमा आएका ढकाल रास्वपामा आबद्ध भएसँगै पार्टीको संगठन निर्माण र नीतिगत तहमा सक्रिय रहँदै आएका छन्।

यसैबीच, शपथ ग्रहण लगत्तै पार्टीको सचिवालय बैठक चःमतिमा सुरु भएको छ। बैठकमा पार्टीको आगामी कार्यदिशा, संगठन विस्तार र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit