Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो क्लासिक भ्यू रिसोर्टको व्यवस्थापन

‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो क्लासिक भ्यू रिसोर्टको व्यवस्थापन
विज्ञापन
Advertisement

काठमाडौं । शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित पाँचतारेस्तरको ‘क्लासिक भ्यू रिसोर्ट’ अब ‘द सोल्टी रिसोर्ट’ नामबाट सञ्चालन हुने भएको छ। सोल्टी होटल्स एण्ड रिसोर्ट्सले रिसोर्टको व्यवस्थापनको जिम्मेवारी लिएसँगै उक्त रिसोर्ट सोल्टी ब्रान्डअन्तर्गत सञ्चालनमा आउन लागेको हो।

विज्ञापन
Advertisement
Advertisement

यस सम्बन्धी होटल व्यवस्थापन सम्झौतामा सोल्टी होटल लिमिटेडका उपाध्यक्ष सुदर्शन चापागाईं र क्लासिक भ्यू रिसोर्ट लिमिटेडका अध्यक्ष मुकुन्दराज कुँवरले हस्ताक्षर गरेका छन्। सोल्टीका अनुसार यो सहकार्यसँगै कम्पनीले लक्जरी, प्रकृति र स्वास्थ्य पर्यटनलाई समेट्ने नयाँ आतिथ्य गन्तव्य थपेको छ।

सोल्टी होटल लिमिटेडका उपाध्यक्ष चापागाईंले नेपालका प्रमुख पर्यटकीय गन्तव्यमा आफ्नो ब्रान्ड र सेवा विस्तार गर्दै विश्वस्तरीय आतिथ्य सेवा प्रदान गर्ने तथा देशको सांस्कृतिक, ऐतिहासिक र प्राकृतिक सम्पदाको प्रवर्द्धन गर्ने लक्ष्य रहेको बताए । उनका अनुसार सोल्टी होटल्स एण्ड रिसोर्ट्सले हाल काठमाडौं उपत्यकामा तीनवटा होटल सञ्चालन गरिरहेको छ।

शिवपुरीको हरियाली जंगल क्षेत्रबीच अवस्थित ‘द सोल्टी रिसोर्ट’बाट काठमाडौं उपत्यकाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ। रिसोर्टले लक्जरी सुविधासँगै प्राकृतिक वातावरणमा शान्त र आत्मीय विश्रामको अनुभव प्रदान गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ।

हाल रिसोर्टमा २५ सुसज्जित कोठा र एक निजी भिल्ला सञ्चालनमा छन् भने थप ५१ लक्जरी कोठा निर्माणाधीन छन्। प्रत्येक कोठामा नेपाली कला, संस्कृति र पहिचान झल्किने डिजाइन समावेश गरिएको छ।

रिसोर्टमा ‘गुराँस अल डे डाइनिङ रेस्टुरेन्ट’, ‘ऐराक बार’ तथा जङ्गल फायर बार्बेक्यु टेरेस सञ्चालनमा रहनेछन्। साथै स्विमिङ पुल, स्पा, स्टिम, साउना, फिटनेस सेन्टर, हाइकिङ तथा चराचुरुङ्गी अवलोकनजस्ता सुविधा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ।

विवाह, कर्पोरेट कार्यक्रम, सामाजिक उत्सव तथा रिट्रिटका लागि आधुनिक बैंक्वेट हल, खुला लन र एम्फिथिएटरको व्यवस्था गरिएको छ। सोल्टीले ‘द सोल्टी रिसोर्ट’ शिवपुरीलाई विश्वस्तरीय आतिथ्य सेवा प्रदान गर्दै नेपालको प्राकृतिक तथा सांस्कृतिक सम्पदाको प्रवर्द्धन गर्ने गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखेको जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit