Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

निर्वाचन पर्यवेक्षण प्रतिवेदन मतदान केन्द्र पुनरावलोकन गर्न माग

निर्वाचन पर्यवेक्षण प्रतिवेदन मतदान केन्द्र पुनरावलोकन गर्न माग
विज्ञापन
Advertisement

काठमाडौं । आवधिक निर्वाचनका क्रममा उपयोग गरिने मतदान केन्द्र पुनरावलोकन गरिनुपर्नेमा सरोकार भएका निकायका प्रतिनिधिहरुले जोड दिएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को लैङ्गिक अपाङ्गता तथा समावेशी दृष्टिकोणबाट निर्वाचन पर्यवेक्षणको प्रतिवेदन अनावरण गर्न महिला, कानुन र विकास मञ्चले आज यहाँ आयोजना गरेको कार्यक्रममा मतदान केन्द्र पुनरावलोकन गरी सहज स्थानमा स्थानान्तरण गरिनुपर्नेमा जोड दिइएको हो ।
मञ्चलगायत १५ वटा संस्थाले लैङ्गिक अपाङ्गता तथा समावेशी दृष्टिकोणबाट निर्वाचन पर्यवेक्षण गरेको जानकारी पनि कार्यक्रममा गराइएको थियो । त्यस अवसरमा निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधरले मतदानस्थल तथा मतदान केन्द्रको पुनरावलोकन सुरु भइसकेको बताए ।

पहुँच हुन नसक्ने मतदान केन्द्रका बारेमा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत आयोगमा जानकारी पठाउन सकिने उनले बताए ।

आयोगले मस्यौदा गरी सङ्घीय संसद्मा प्रवेश गरेको विधेयकमा प्रत्यक्ष निर्वाचनमै ३३ प्रतिशत महिला निर्वाचित हुने गरी कानुनी व्यवस्था मस्यौदा गरी पठाइएको उनको भनाइ छ । १५ वटा संस्थाले निर्वाचन पर्यवेक्षण गरी पठाएको प्रतिवेदन आयोगको अमूल्य सम्पत्ति हुने र यसका आधारमा आगामी निर्वाचनमा सुधारका काम गरिने प्रतिबद्धता आयुक्त तुलाधरको थियो ।

समयअनुसार प्रविधिको प्रयोग बढाउने, निर्वाचनमा खटिने कर्मचारी तथा स्वयंसेवकहरुका लागि लैङ्गिक, अपाङ्गता तथा समावेशीकरणसम्बन्धी तालिमलाई संस्थागत गर्ने र लैङ्गिक, अपाङ्गता तथा समावेशी सूचकका आधारमा वर्गीकृत निर्वाचन तथ्याङ्क सङ्कलन, विश्लेषण तथा प्रकाशनलाई थप सुदृढ बनाउने उहाँले बताए । महिला, युवा, अपाङ्गता भएका व्यक्ति, दुर्गम क्षेत्रका नागरिक तथा अन्य सीमान्तकृत समुदायलाई लक्षित विशेष मतदाता शिक्षा कार्यक्रम विस्तार गरिने उनको भनाइ थियो ।

मञ्चको नेतृत्वमा विभिन्न १५ वटा गैरसरकारी संस्थाले तयार पारेको निर्वाचन पर्यवेक्षणको प्रतिवेदनका बारेमा अधिवक्ता सागर पाठकले प्रस्तुती दिनुभएको थियो । निर्वाचन हरित निर्वाचन, शान्तिपूर्ण र निष्पक्ष ढङ्गले सम्पन्न भए पनि लैङ्गिक, अपाङ्गता तथा समावेशीमैत्री प्रक्रियामा भने धेरै सुधार गर्नुपर्ने देखिएको उनले उल्लेख गरे ।

मतदान हुनु अघिको मतदानस्थल, मतदानको समय र मतगणनाको अवस्थालाई जेड–सी (लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण) विधिबाट पर्यवेक्षण गरी प्रतिवेदन तयार गरिएको उनले बताए ।

सात प्रदेशका २३ जिल्लाका ५५ स्थानीय तहको ४६ निर्वाचन क्षेत्रमा रहेको १५६ मतदान केन्द्रको प्रत्यक्ष अवलोकन गरेर प्रतिवेदन तयार पारिएको पाठकले बताए ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता मीरा ढुङ्गाना, आयुक्त डा तुलाधर, मञ्चका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठ र अर्पणा श्रेष्ठले संयुक्त रुपमा प्रतिवेदन अनावरण गरे । निर्देशक श्रेष्ठले मतदान केन्द्र पर्याप्त सूचनाबाट वञ्चित रहेकाले आउँदा दिनमा त्यसलाई निर्वाचन आयोगले सुधार गर्ने विश्वास व्यक्त गरे ।

अधिकांश मतदान केन्द्रमा महिला र पुरुषको लाइन बेग्लाबेग्लै भए पनि अन्यलाई बेवास्ता गरिएको, प्राथमिक उपचारको व्यवस्था नभएको, पिउने पानी, स्तनपान कक्ष, आराम कक्ष नभएको, मतदानस्थल अपाङ्गतामैत्री नभएको र मतदानपछि फर्किने बाटोमा वृद्धा र अशक्तका लागि ध्यान नपु¥याइएको कार्यकारी निर्देशक श्रेष्ठको भनाइ थियो । अबका दिनमा निर्वाचन आयोगले यस्ता कुरामा ध्यान पु¥याउने उहाँको विश्वास थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit