काठमाडौं । नेपाली बजारमा आज सुन–चाँदीको भाउ बढेको छ। लगातार चार कारोबार दिन घटेको सुनको भाउ मंगलबार प्रतितोला दुई हजार रूपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको भाउ तीन लाख एक हजार नौ सय रूपैयाँ निर्धारण गरिएको छ। सोमबार तोलामा नौ सय रूपैयाँले घटेको सुन प्रतितोला दुई लाख ९९ हजार नौ सय रूपैयाँमा खरिदबिक्री भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलाको चार हजार नौ सय २५ रूपैयाँमा कायम भएको महासंघले जनाएको छ। सोमबार चाँदी प्रतितोला चार हजार नौ सय पाँच रूपैयाँमा कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा आज चाँदी २० रूपैयाँले बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार तीन सय ३३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

















प्रतिक्रिया दिनुहोस्