Advertisement
Advertisement
Corporate Samachar
९ भाद्र २०८३, मंगलवार
Advertisement
Advertisement

नेप्से लगातार दबाबमा, १८४ कम्पनीको शेयर मूल्य घट्दा ३.७७ अर्बको कारोबार

नेप्से लगातार दबाबमा, १८४ कम्पनीको शेयर मूल्य घट्दा ३.७७ अर्बको कारोबार
विज्ञापन
Advertisement

काठमाडौं। साताको अन्तिम कारोबार दिन शुक्रबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ओरालो लागेको छ। अघिल्लो कारोबार दिनको तुलनामा आज नेप्से ४.०५ अंकले घटेर २६५०.०९ विन्दुमा बन्द भएको हो।

विज्ञापन
Advertisement
Advertisement

यससँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। बिहीबार ४ अर्ब ६२ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा शुक्रबार ३ अर्ब ७७ करोड रुपैयाँमा सीमित भएको छ। यसदिन ३३४ वटा कम्पनीका १ करोड ३ लाख १३ हजार ९७९ कित्ता शेयर किनबेच हुँदा कुल ३ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

आज कारोबारमा आएका मध्ये ८६ कम्पनीको शेयर मूल्य बढेको, १८४ कम्पनीको घटेको तथा ६ कम्पनीको मूल्य स्थिर रहेको छ। आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सबैभन्दा धेरै ८.५४ प्रतिशतले बढेर प्रतिकित्ता ५ हजार ९९६ रुपैयाँ पुगेको छ। त्यस्तै, एचएलआई लार्ज क्याप फण्डको इकाइ मूल्य ५.१८ प्रतिशतले बढेर ८ रुपैयाँ ९४ पैसा कायम भएको छ।

यता, अपर लोहोरे खोला हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै ६.९३ प्रतिशतले घटेर प्रतिकित्ता ३७९ रुपैयाँ ९३ पैसामा झरेको छ। बिओके डिबेन्चर २०८६ को मूल्य पनि २.९९ प्रतिशतले घटेर १ हजार १११ रुपैयाँ १० पैसामा सीमित भएको छ। कारोबार रकमका आधारमा सोलु हाइड्रोपावर अग्रस्थानमा रह्यो। कम्पनीको ३९ करोड २५ लाख रुपैयाँ बराबरको शेयर कारोबार हुँदा प्रतिकित्ता मूल्य ६८८ रुपैयाँ कायम भयो, जुन अघिल्लो दिनको तुलनामा ३.९३ प्रतिशतले बढी हो।

रिडी पावर २३ करोड २ लाख रुपैयाँको कारोबारसहित दोस्रो स्थानमा रह्यो। त्यसपछि सानिमा बैंक (१७ करोड रुपैयाँ), खानीखोला हाइड्रोपावर (१३ करोड रुपैयाँ) र आँखुखोला जलविद्युत् कम्पनी (११ करोड रुपैयाँ)सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा परेका छन्।

समूहगत परिसूचकतर्फ १३ मध्ये ४ समूहमा हरियाली देखिँदा ९ समूह घटेका छन्। समूहगत कारोबारका आधारमा जलविद्युत् क्षेत्र सबैभन्दा सक्रिय रह्यो। यस समूहमा १ अर्ब ९९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। त्यसपछि वाणिज्य बैंक समूहमा ५१ करोड रुपैयाँ, उत्पादन तथा प्रशोधन समूहमा २९ करोड रुपैयाँ तथा विकास बैंक समूहमा १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit