Advertisement
Advertisement
Corporate Samachar
८ श्रावण २०८३, शुक्रबार
Advertisement
Advertisement

तल्लो अरुणसहित चार वटा आयोजनालाई वन क्षेत्र प्रयोग गर्न सरकारले दियो स्वीकृति

तल्लो अरुणसहित चार वटा आयोजनालाई वन क्षेत्र प्रयोग गर्न सरकारले दियो स्वीकृति
विज्ञापन
Advertisement

काठमाडौं । सरकारले तल्लो अरुण सहित विभिन्न चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले लोवर न्यादी खोला जलविद्युत आयोजना, घुन्सा खोला जलविद्युत आयोजना र सिम्बोतादी खोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

प्रवक्ता पोखरेलले भने, ‘तल्लो अरुण जलविद्युत आयोजना, लोवर न्यादी खोला जलविद्युत आयोजना, घुन्सा खोला जलविद्युत आयोजना र तादी खोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय भएको छ।’

यस्तै, अजकै बैठकले निजामती सेवा (सोह्रौं संशोधन) नियमावली, २०८३ स्वीकृत गरेको छ। यसैगरी, बैठकले विशाल कुमार भण्डारीको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको नौ सदस्यीय तदर्थ समिति गठन गर्ने तथा पूर्व गृह मन्त्री एवं प्रतिनिधिसभा सदस्य माननीय सुधन गुरुङको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले पेश गरेको प्रतिवेदन ग्रहण गर्ने निर्णय समेत गरेको छ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit