काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सुधन गुरुङलाई पुनः गृहमन्त्रीमा नियुक्त गर्ने भएका छन्।
सम्पत्ति विवरणमा प्रश्न उठेपछि गत वैशाख ९ गते राजीनामा दिएका गुरुङलाई सरकारले आजै दिउँसो २ बजेपछि शपथ गराउने तयारी गरेको हो। यसका लागि प्रधानमन्त्री कार्यालयले राष्ट्रपति कार्यालयमा पत्र पठाइसकेको छ ।
छानबिन समितिले गत जेठ २२ गते बुझाएको प्रतिवेदनमा उनको सम्पत्तिमा कुनै गल्ती–कमजोरी वा कैफियत नदेखिएको उल्लेख छ। गुरुङको नाममा धनकुटामा १९ रोपनी १५ आना जग्गा मात्र भेटिएको छ भने उनले उल्लेख गरेका चितवन र गोरखाका अन्य जग्गाहरू बुवा तथा हजुरबुवाको नाममा रहेको पाइएको उल्लेख गर्दै समितिले क्लिन चिट दिएको थियो ।
समितिले सफाइ दिएपछि प्रधानमन्त्री शाहले उनलाई पुनः गृह मन्त्रालयको जिम्मेवारी सुम्पिन लागेका हुन्। यो सँगै ४८ दिनपछि गुरुङ पुःन गृहमै फर्किने छन् । यद्यपी मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वगृह मन्त्री सुधन गुरुङको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले पेस गरेको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरिसकेको छ।

















प्रतिक्रिया दिनुहोस्