Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

विश्व बैंकका क्षेत्रीय निर्देशक र उर्जामन्त्रीबिच भेट, अप्पर अरुण प्राथमिकतामा

विश्व बैंकका क्षेत्रीय निर्देशक र उर्जामन्त्रीबिच भेट, अप्पर अरुण प्राथमिकतामा
विज्ञापन
Advertisement

काठमाडौ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्कासँग विश्व बैंक दक्षिण एशियाका क्षेत्रीय निर्देशक पङ्कज गुप्ताले भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित उर्जा मन्त्रालयमा आज भएको भेटमा विश्व बैंकले नेपालका जलविद्युत क्षेत्रमा गरेको लगानीका विषयमा छलफल भएको थियो ।

विज्ञापन
Advertisement
Advertisement

भेटमा उर्जामन्त्री खड्काले नेपालका जलविद्युत आयोजनामा विश्व बैंकले हालसम्म गरेको लगानीप्रति धन्यवाद दिँदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिन आग्रह गरेका छन्।

उनले अप्पर अरुण जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापनको कार्यलाई चाँडो टुङ्गोमा पु¥याउन समेत विश्व बैंकसँग आग्रह गरेको मन्त्री खड्काको सचिवालयले जनाएको छ । यस्तै, विद्युतको आपूर्ति सुदृढीकरण गर्ने विषयमा समेत उनिहरुबीच छलफल भएको थियो ।

भेटमा क्षेत्रीय निर्देशक गुप्ताले अप्पर अरुण जलविद्युत आयोजनालाई विश्व बैंकले प्राथमिकतामा राखेको बताए ।

भेटमा उर्जा मन्त्रालयका सचिव सुरेश आचार्य, सहसचिवद्धय चिरञ्जीवी चटौत, सागरराज गौतम, विश्व बैंक नेपालका देशीय निर्देशक डेभिड सिस्लेनलगायतको सहभागीता रहेको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit