Advertisement
Advertisement
Corporate Samachar
१२ असार २०८३, शुक्रबार
Advertisement

२३ औँ राष्ट्रिय धान दिवस : जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्न सरकारको जोड

२३ औँ राष्ट्रिय धान दिवस : जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्न सरकारको जोड
विज्ञापन
Advertisement

काठमाडौं । सरकारले यस वर्षको २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नारासहित विविध कार्यक्रम गरी मनाउने भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

कृषि विभागले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा जलवायु परिवर्तनका चुनौतीबीच धान उत्पादन बढाउन जलवायुमैत्री प्रविधिको विकास, विस्तार र प्रयोगलाई विशेष प्राथमिकता दिइएको जनाएको छ ।

नेपालको खाद्य तथा पोषण सुरक्षाको मुख्य आधार मानिने धान खेतीमा देशका करिब २७ लाख ६५ हजार कृषक परिवार आबद्ध छन् । राष्ट्रिय कृषि गणना २०७८ अनुसार कुल खेतीयोग्य जमिनको ५४ प्रतिशत क्षेत्रमा धान खेती हुने गरेको छ भने कृषि कुल गार्हस्थ्य उत्पादनमा धानको योगदान करिब १३ प्रतिशत रहेको छ । धान उत्पादनबाट वार्षिक करिब २ खर्ब रुपैयाँ बराबरको आर्थिक योगदान पुग्ने सरकारी तथ्यांक छ ।

गत पाँच वर्षमा धानको उत्पादकत्व प्रति हेक्टर ३।८० मेट्रिक टनबाट बढेर ४।१९ मेट्रिक टन पुगेको छ । आर्थिक वर्ष २०८१/८२ मा १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफलबाट ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको थियो । यद्यपि नेपाललाई वार्षिक करिब ७० लाख मेट्रिक टन धान आवश्यक पर्ने भएकाले अझै करिब १० लाख मेट्रिक टन धान अपुग रहेको मन्त्रालयले जनाएको छ ।

सरकारका अनुसार पछिल्ला वर्षहरूमा धान खेतीको क्षेत्रफल घट्दै गए पनि उन्नत बीउ, मलको प्रयोग तथा आधुनिक प्रविधिका कारण उत्पादकत्व बढेको छ । साथै उपभोक्ताको खाने बानी परिवर्तनसँगै मसिनो तथा बास्नादार चामलको माग बढ्दा चामल आयात पनि उल्लेख्य रूपमा वृद्धि भएको छ ।

जलवायु परिवर्तनका कारण बाढी, पहिरो तथा सुख्खाले धान खेतीमा गम्भीर असर पारिरहेको भन्दै सरकारले यस वर्ष जलवायु अनुकूल खेती प्रणालीलाई विशेष प्राथमिकता दिएको छ । नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क० ले सुख्खा तथा डुबान सहन सक्ने धानका नयाँ जातहरू विकास गरी किसानसम्म विस्तार गरिरहेको जनाएको छ। साथै कालो धान, कालानमक, बासमतीलगायत रैथाने तथा पोषणयुक्त जातहरूको संरक्षण र प्रवद्र्धनमा पनि जोड दिइएको छ ।

हाल १८ जिल्लाका ५८ स्थानीय तहमा चैते धान प्रवद्र्धन, गुणस्तरीय बीउ उत्पादन, हर्दिनाथ–१ र हर्दिनाथ–३ वर्णशंकर जातको विस्तार, २१ जोन र पाँच सुपरजोनमार्फत यान्त्रिकीकरण, बाली बीमा प्रिमियममा अनुदान तथा न्यूनतम समर्थन मूल्य निर्धारणजस्ता कार्यक्रम सञ्चालन भइरहेका छन् । साथै, महोत्तरी, सर्लाही, नुवाकोट र नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम० का आठ स्थानीय तहमा क्राफ्ट नेपाल परियोजना कार्यान्वयनमा ल्याइएको छ ।

यस वर्षको राष्ट्रिय धान दिवस असार १५ गते नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र, खुमलटारमा विशेष समारोहका साथ मनाइने भएको छ। कार्यक्रममा धान उत्पादन तथा अनुसन्धान क्षेत्रमा योगदान पुर्‍याएका कृषक, वैज्ञानिक, उद्यमी र पत्रकारलाई सम्मान गरिनेछ भने सामूहिक रोपाइँ कार्यक्रम पनि आयोजना गरिनेछ ।

कृषि विभागका महानिर्देशक तथा मूल समारोह समितिका अध्यक्ष प्रकाश कुमार सञ्जेलले राष्ट्रिय धान दिवसले धान उत्पादन वृद्धि, खाद्य तथा पोषण सुरक्षा र धानमा आत्मनिर्भरताका लागि सरकार तथा सरोकारवालाबीच थप सहकार्यको वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरेका छन् । साथै प्रदेश, स्थानीय तह तथा सञ्चारमाध्यमलाई पनि धान दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी जनचेतना अभिवृद्धि गर्न आग्रह गरिएको छ ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit