Advertisement
Advertisement
Corporate Samachar
६ कार्तिक २०८३, बिहीबार
Advertisement
Advertisement

कीर्तिपुरमा रोकिराखिएको कारमा आगलागी, चालकको जलेर मृत्यु

कीर्तिपुरमा रोकिराखिएको कारमा आगलागी, चालकको जलेर मृत्यु
विज्ञापन
Advertisement

काठमाडौं। कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा रोकिराखिएको एक कारमा आगलागी हुँदा चालकको मृत्यु भएको छ। बा५च ३०३८ नम्बरको कारमा सोमबार आगलागी भएको थियो।

विज्ञापन
Advertisement
Advertisement

प्राप्त प्रारम्भिक जानकारीअनुसार कारभित्र सिटबेल्ट लगाएकै अवस्थामा रहेका चालकको जलेर मृत्यु भएको हो। आगलागीको कारण भने खुल्न सकेको छैन।

स्थानीयवासीले कारबाट धुवाँ र आगो निस्किएको देखेपछि प्रहरी र दमकललाई खबर गरेका थिए। आगो नियन्त्रणमा आएपछि कारभित्र एक जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

मृतकको पहिचान तथा घटनाको विस्तृत विवरण सार्वजनिक हुन बाँकी रहेको छ। आगलागी कसरी भयो, कारमा प्राविधिक समस्या थियो वा अन्य कुनै कारणले घटना भएको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit