Advertisement
Advertisement
Corporate Samachar
२९ भाद्र २०८३, सोमबार
Advertisement

सूर्य नेपालदेखि एनसेलसम्म, यी २० ठूला कम्पनी प्रतिनिधिसँग छलफलमा अर्थमन्त्री

सूर्य नेपालदेखि एनसेलसम्म, यी २० ठूला कम्पनी प्रतिनिधिसँग छलफलमा अर्थमन्त्री
विज्ञापन
Advertisement

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीका उच्च प्रतिनिधिसँग छलफल थालेका छन्।

विज्ञापन
Advertisement
Advertisement

आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन छलफल शृंखलाअन्तर्गत अर्थमन्त्री वाग्लेले सोमबार ती कम्पनीका उच्चपदस्थ विदेशी तथा स्वदेशी साझेदारहरूसँग छलफल गरेका हुन्। अर्थ मन्त्रालयको सुवर्ण हलमा मध्याह्न साढे १२ बजेपछि सुरु छलफल जारी छ।

छलफलमा बजेटमार्फत निजी तथा विदेशी लगानीकर्तालाई उपलब्ध गराइएका सुविधा, कम्पनीहरूले भोगिरहेका समस्या, नेपालमा लगानी विस्तार, रोजगारी सिर्जना तथा लगानीको प्रतिफल फिर्ता लैजान सरकारले गर्नुपर्ने सहजीकरणलगायतका विषयमा केन्द्रित हुने अर्थमन्त्रीको निजी सचिवालयले जनाएको छ।

छलफलका क्रममा अर्थमन्त्री वाग्लेले कम्पनीका प्रतिनिधिहरूलाई आफ्ना समस्या र सुझाव खुलस्त रूपमा राख्न तथा आवश्यक विषयमा लिखित विवरणसमेत पेश गर्न आग्रह गर्ने जनाइएको छ । सरकारले लगानीको वातावरण थप सहज बनाउन र निजी क्षेत्रका समस्या समाधान गर्न आवश्यक नीतिगत तथा प्रशासनिक सहजीकरण गर्ने उद्देश्यले छलफल आयोजना गरेको हो ।

छलफलमा स्वदेशी तथा विदेशी निम्न २० कम्पनीका उच्च प्रतिनिधिहरु सहभागी छन् ।

१. सूर्य नेपाल प्रा. लि.
२. एनसेल आजियाटा लिमिटेड
३. आरती स्ट्राइप्स प्रा. लि.
४. गोर्खा ब्रुअरी प्रा. लि.
५. हिमालय एअरलाइन्स् प्रा. लि.
६. होङ्शी शिवम् सिमेन्ट प्रा. लि.
७. डुसान इनरबिलिटी कम्पनी लिमिटेड
८. डाबर नेपाल (प्रा.) लि.
९. बोटलर्स नेपाल (तराई) लिमिटेड
१०. युनिलिभर नेपाल लिमिटेड
११. एशियन पेन्ट्स (नेपाल) प्रा. लि.
१२. पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना लिमिटेड
१३. गोर्खा लाहारी प्रा. लि.
१४. हुवासिन सिमेन्ट नारायणी प्रा. लि.
१५. न्यू होप एग्रो बिजनेश नेपाल प्रा. लि.
१६. नेपाल वेलहोप एग्रि-टेक प्रा. लि.
१७. वरुण बेभरेज नेपाल प्रा. लि.
१८. टर्किस एअरलाइन्स इन्कर्पोरेशन प्रा. लि.
१९. भोटेकोशी पावर कम्पनी प्रा. लि.
२०. बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) प्रा. लि. 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit