काठमाडौं । रसुवाको बाढी प्रभावित क्षेत्रमा उपचार तथा स्वास्थ्य सेवा प्रदान गर्न राष्ट्रिय ट्रमा सेन्टरका ७ जना चिकित्सकको टोली परिचालन गरिएको छ।
राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख डा. रुद्र मरासिनीका अनुसार आवश्यक औषधिसहित ७ जना चिकित्सकलाई बाढी प्रभावित क्षेत्रमा पठाइएको हो। बाढीका कारण प्रभावित क्षेत्रमा घाइते तथा बिरामीको उपचारमा सहयोग पुर्याउन चिकित्सकको टोली खटाइएको डा. मरासिनीले बताए। उनका अनुसार टोलीसँग आवश्यक औषधिसमेत पठाइएको छ। बाढी प्रभावित क्षेत्रमा चिकित्सकको टोली पठाइए पनि राष्ट्रिय ट्रमा सेन्टरलाई भने आवश्यक उपचारका लागि तयारी अवस्थामा राखिएको छ। आकस्मिक अवस्था आइपरे तत्काल उपचार सेवा उपलब्ध गराउन अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मी तयारी अवस्थामा रहेको डा. मरासिनीले बताए।
















प्रतिक्रिया दिनुहोस्