Advertisement
Advertisement
Corporate Samachar
१० भाद्र २०८३, बुधबार
Advertisement
Advertisement

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको राहत : दुई दिनसम्म अनलिमिटेड फोन र निःशुल्क डाटा

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको राहत : दुई दिनसम्म अनलिमिटेड फोन र निःशुल्क डाटा
विज्ञापन
Advertisement

काठमाडौं । रसुवागढीमा आएको बाढीबाट प्रभावित क्षेत्रका बासिन्दाका लागि नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले टेलिफोन, डाटा र एसएमएस सेवा निःशुल्क उपलब्ध गराउने भएको छ।

विज्ञापन
Advertisement
Advertisement

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रका नागरिकलाई तत्काल निःशुल्क टेलिफोन तथा इन्टरनेट सुविधा उपलब्ध गराउन निर्देशन दिएका हुन्। नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेका अनुसार प्रभावित क्षेत्रका सेवाग्राहीले हालका लागि दुई दिनसम्म अनलिमिटेड भ्वाइस सेवा, प्रतिदिन २ जिबी डाटा र ५० वटा एसएमएस निःशुल्क प्रयोग गर्न पाउनेछन्।

टेलिकमले बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई सावधानी अपनाउन आग्रह गर्दै एसएमएसमार्फत निरन्तर सूचना प्रवाहसमेत गरिरहेको जनाएको छ। यसैबीच, बाढीका कारण रसुवामा २ वटा र नुवाकोटमा ५ वटा गरी ७ वटा टावरमा क्षति पुगेको प्रारम्भिक विवरण नेपाल टेलिकमले जनाएको छ। क्षतिग्रस्त टावर तथा दूरसञ्चार सेवा पूर्वाधारको मर्मतसम्भार गरी सेवा नियमित बनाउन टेलिकमको प्राविधिक टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit