Advertisement
Advertisement
Corporate Samachar
१० भाद्र २०८३, बुधबार
Advertisement
Advertisement

रसुवामा बाढीको क्षति कति भयो यकिन छैन, सडक–पुल बग्दा उद्धारमा कठिनाइ

रसुवामा बाढीको क्षति कति भयो यकिन छैन, सडक–पुल बग्दा उद्धारमा कठिनाइ
विज्ञापन
Advertisement

काठमाडौं । रसुवामा आएको बाढीबाट मानवीय क्षति भएको पुष्टि भए पनि कति जनाको मृत्यु भयो र कति जना प्रभावित भए भन्ने यकिन विवरण अझै आउन सकेको छैन। बाढीले सडक तथा पुलसमेत बगाएपछि प्रभावित क्षेत्रमा पुगेर क्षतिको विवरण संकलन तथा उद्धार गर्नसमेत कठिनाइ भएको छ।

विज्ञापन
Advertisement
Advertisement

गोसाइँकुण्ड गाउँपालिका–६ धुन्चेका वडाध्यक्ष दावा सिदार वाइवाले बाढीबाट मानवीय क्षति भएको पुष्टि गर्दै ठूलो भौतिक क्षति भएको जानकारी दिए। यद्यपि बाढीबाट भएको मानवीय क्षतिको संख्या यकिन भइनसकेको उनले बताए। उनका अनुसार बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी छ। तर बाढीका कारण सडक र पुलहरू बगेकाले स्थलमार्गबाट प्रभावित क्षेत्रमा पुग्न सक्ने अवस्था छैन।

प्रभावित क्षेत्रमा तत्काल पुग्न कठिन भएपछि हेलिकोप्टरमार्फत उद्धार कार्य भइरहेको वडाध्यक्ष वाइवाले बताए। ‘रेस्क्यु गरिराख्या छ, हेलिकोप्टरबाट। त्यहाँ जाने सम्भावना छैन, भएको पुल सबै बगिसक्यो,’ उनले भने। बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य अघि बढेपछि मात्रै मानवीय तथा भौतिक क्षतिको यकिन विवरण प्राप्त हुने वडाध्यक्ष वाइवाले बताए।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit