Advertisement
Advertisement
Corporate Samachar
२२ आश्विन २०८३, बिहीबार
Advertisement
Advertisement

डब्ल्युएचओले रसुवा बाढीपीडितका लागि औषधि र आपत्कालीन टेन्ट पठाउने 

डब्ल्युएचओले रसुवा बाढीपीडितका लागि औषधि र आपत्कालीन टेन्ट पठाउने 
विज्ञापन
Advertisement

काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि आवश्यक स्वास्थ्य तथा राहत सामग्री पठाउने भएको छ।

विज्ञापन
Advertisement
Advertisement

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँगको कुराकानीपछि डब्ल्युएचओले बाढी प्रभावित करिब एक हजार जनालाई पुग्ने आधारभूत औषधि तथा स्वास्थ्य उपकरण पठाउन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रभावित क्षेत्रमा २४ वर्गमिटरका १५ वटा आपत्कालीन टेन्टसमेत पठाउने तयारी गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार बाढी प्रभावितको उपचारका लागि काठमाडौंस्थित वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १०० वटा आपत्कालीन शय्या छुट्याइएको छ। बाढीमा घाइते भएका तीन जनालाई उद्धार गरी काठमाडौं ल्याइसकिएको पनि मन्त्रालयले जनाएको छ।

आपत्कालीन स्वास्थ्य सेवा प्रभावकारी बनाउन काठमाडौंस्थित संघीय अस्पताल, रक्तसञ्चार केन्द्र, बागमती तथा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, नेपाल रेडक्रस, लायन्स र नेपाल स्काउटसँग समेत समन्वय भइरहेको मन्त्रालयले जनाएको छ। भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका कारण रसुवासहित तल्लो तटीय क्षेत्रमा जोखिम बढेपछि उद्धार तथा राहत कार्यलाई तीव्र पारिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit