Advertisement
Advertisement
Corporate Samachar
१० भाद्र २०८३, बुधबार
Advertisement
Advertisement

रसुवागढी भन्सार कार्यालयका प्रमुख ढुंगानासहित २५ जना सम्पर्कमा, १४ कर्मचारी वेपत्ता

रसुवागढी भन्सार कार्यालयका प्रमुख ढुंगानासहित २५ जना सम्पर्कमा, १४ कर्मचारी वेपत्ता
विज्ञापन
Advertisement

काठमाडौं। रसुवामा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका रसुवागढी भन्सार कार्यालयका २५ कर्मचारी सम्पर्कमा आएका छन्।

विज्ञापन
Advertisement
Advertisement

तिब्बततर्फबाट आज बिहान भोटेकोसी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका कर्मचारीमध्ये प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुंगानासहित २५ जना सम्पर्कमा आएको अर्थ मन्त्रालयले जनाएको छ। रसुवागढी भन्सार कार्यालयमा ३६ जना स्थायी कर्मचारीको दरबन्दी रहेको छ। तीमध्ये प्रमुख भन्सार प्रशासक ढुंगानासहित २५ जना सम्पर्कमा आएका हुन्। त्यस्तै, कार्यालयमा कार्यरत चार जना करार तथा ज्यालादारी कर्मचारीमध्ये एक जना पनि सम्पर्कमा आएका छन्।

अझै ११ जना स्थायी कर्मचारी तथा तीन जना करार तथा ज्यालादारी कर्मचारी सम्पर्कविहीन छन्। उनीहरूको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायबीच समन्वय भइरहेको अर्थ मन्त्रालयले जनाएको छ। बाढीका कारण रसुवाका विभिन्न क्षेत्रमा ठूलो भौतिक क्षति पुगेको छ भने तल्लो तटीय क्षेत्रमा समेत धनजनको क्षति भएको छ। सुरक्षाकर्मी तथा स्थानीय प्रशासनले जोखिमयुक्त क्षेत्रमा उद्धार र खोजी कार्यलाई तीव्रता दिएका छन्।

सम्पर्कविहीन कर्मचारीको खोजी तथा उद्धार कार्य जारी रहेको बताइएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit