Advertisement
Advertisement
Corporate Samachar
१० भाद्र २०८३, बुधबार
Advertisement
Advertisement

भोटेकोशी बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार

भोटेकोशी बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार
तस्बिर : नेपाली सेना
विज्ञापन
Advertisement

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीमा परी घाइते भएका २५ जनाको काठमाडौंस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार राष्ट्रिय ट्रमा सेन्टरमा चार जनाको उपचार भइरहेको छ। उनीहरूमा नुवाकोटको विदुर नगरपालिका–५ का भक्त भण्डारी, सीता भण्डारी, विवेक कुमाल र रिहाना लामिछाने रहेका छन्।

त्यस्तै, वीरेन्द्र सैनिक अस्पताल छाउनीमा रसुवाको गोसाइँकुण्डका दावा डोल्माको उपचार भइरहेको प्रहरीले जनाएको छ। महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भने २० जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ। उपचाररतमा नुवाकोट विदुर नगरपालिका–३ का तेजबहादुर तामाङ, रसुवा गोसाइँकुण्ड–५ का पेम्बा तामाङ, कुशल मगर, एक पुरुष, नामथर खुल्न नसकेका एक पुरुष, सिन्धुपाल्चोकका मीनबहादुर श्रेष्ठ, सल्यानका गिरीलाल बुढाथोकी, सिन्धुपाल्चोक बाह्रबिसे–५ का रुपक रोका, सुजन बस्नेत, अशोक श्रेष्ठ, सुशान्त श्रेष्ठ र जाजरकोटका बलबहादुर घर्ती मगर छन्।

यस्तै, गोसाइँकुण्ड–७ का कामु नगरकोटीको पनि शिक्षण अस्पतालमै उपचार भइरहेको छ। उनीसँग तीन महिनाको नाबालक शिशु समेत रहेको प्रहरीले जनाएको छ। शिक्षण अस्पतालमै टिमुरे गोसाइँकुण्ड–७ का प्रेमदोर्जे घले, नेमा दोर्जे घले, फुर्प लामा, बर्दियाको जीतपुरका रामप्रसाद थारु, रसुवा बेत्रावती गाउँपालिका–५ का सुराची राना मगर र भक्तपुर चाँगुनारायण नगरपालिका–१ की रिता दोचाको पनि उपचार भइरहेको छ।

प्रहरीका अनुसार भोटेकोशीमा आएको बाढीपछि घाइतेहरूको उद्धार गरी काठमाडौं ल्याएर विभिन्न अस्पतालमा उपचार भइरहेको हो। घटनाबारे थप विवरण संकलन तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit