Advertisement
Advertisement
Corporate Samachar
२२ भाद्र २०८३, सोमबार
Advertisement

बाढीपीडितका लागि निर्जीवन बीमा कम्पनीहरूको ३.७३ करोड सहयोग, बीमा दाबीलाई उच्च प्राथमिकता दिने प्रतिबद्धता

बाढीपीडितका लागि निर्जीवन बीमा कम्पनीहरूको ३.७३ करोड सहयोग, बीमा दाबीलाई उच्च प्राथमिकता दिने प्रतिबद्धता
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी संघ तथा संघमा आबद्ध निर्जीवन बीमा कम्पनीहरूले भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ३ करोड ४७ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

विज्ञापन
Advertisement
Advertisement

संघका अध्यक्ष मनोहर दास मुलको नेतृत्वमा बुधबार अर्थमन्त्रालय गएको प्रतिनिधिमण्डलले कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतहरूको उपस्थितिमा उक्त सहयोग रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो। सहयोग गर्ने संस्थामा नेपाल निर्जीवन बीमा व्यवसायी संघसहित सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, युनाइटेड अजोड इन्स्योरेन्स, सानिमा जीआईसी इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेका छन्।

यसैगरी सगरमाथा लुम्बिनी इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स र युनाइटेड अजोड इन्स्योरेन्सका कर्मचारीहरूले व्यक्तिगत रूपमा गरेको २६ लाख २३ हजार १८ रुपैयाँ सहयोग पनि हस्तान्तरण गरिएको छ। यससँगै कम्पनी तथा कर्मचारीबाट हस्तान्तरण गरिएको कुल सहयोग रकम ३ करोड ७३ लाख २३ हजार १८ रुपैयाँ पुगेको छ। संघका अनुसार एनएलजी इन्स्योरेन्स र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले यसअघि नै सहयोग रकम हस्तान्तरण गरिसकेका छन्। अन्य कम्पनीहरू पनि सहयोग गर्ने प्रक्रियामा रहेका छन्।

सहयोग रकम हस्तान्तरणका क्रममा अर्थमन्त्री डा। वाग्लेले देश संकटमा परेको अवस्थामा बीमा कम्पनीहरूले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे। कम्पनी अधिकारीहरुले बाढीबाट क्षतिग्रस्त आयोजना, पूर्वाधार, संरचना तथा जनधनको विवरण प्राप्त भएपछि बीमा दाबी भुक्तानीलाई उच्च प्राथमिकतामा राखेर अघि बढाउने प्रतिबद्धता पनि जनाएका छन्। नागरिकको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा बीमा क्षेत्रले योगदान गर्नुपर्ने विषयलाई गम्भीरतापूर्वक लिँदै संघले आफ्ना सदस्य कम्पनीहरूलाई विपद् प्रभावितको सहयोगमा योगदान गर्न आह्वान गरेको जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit