काठमाडौं । मुक्तिनाथ विकास बैंक र ढुवानी व्यवसायीहरुको छाता संगठन ढुवानी व्यवसायी महासंघ नेपाल बीच महासंघमा आवद्ध सदस्यहरुलाई कर्जा उपलब्ध गराउने गरी सम्झौता भएको छ।
व्यवसाय संचालनको लागि आवश्यक पर्ने कुनै पनि ब्रान्डको गाडी खरीद गर्न र व्यवसाय संचालनका लागि आवश्यक पर्ने व्यवसायिक कर्जा लगानी गर्ने गरी दुई संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो। समझदारीमा बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र महासंघको तर्फबाट अध्यक्ष माधव प्रसाद नेपालले बुधबार हस्ताक्षर गरे।
सम्झौता अनुसार महासंघमा आवद्ध सदस्यहरुले ढुवानीको लागि आवश्यक पर्ने गाडी खरीद गर्न र सो सम्बन्धी व्यवसाय संचालनको लागि मुक्तिनाथ विकास बैंकले आफ्नो १७६ वटै शाखा कार्यालयबाट आकर्षक सहुलियत व्याजदरमा कर्जा सुविधा दिनेछ । यस सहकार्यबाट ढुवानी व्यवसायीहरुले सेवा विस्तारको लागि सहजरुपमा वित्तीय सेवा प्राप्त गर्न सक्ने तथा व्यवसाय विस्तारमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
साथै बैंकले हाल अटो कर्जा, कृषि र एसएमई कर्जामा समेत न्युनतम व्याजदरमा कर्जा प्रवाह गर्ने विशेष अफर ल्याएको बैंकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङ्गले जानकारी दिए।















प्रतिक्रिया दिनुहोस्