Advertisement
Advertisement
Corporate Samachar
२२ भाद्र २०८३, सोमबार
Advertisement

मेरोमाइक्रोफाइनान्सद्वारा विपद् प्रभावितका लागि १४ लाख ५५ हजार सहयोग

मेरोमाइक्रोफाइनान्सद्वारा विपद् प्रभावितका लागि १४ लाख ५५ हजार सहयोग
विज्ञापन
Advertisement

काठमाडौं । रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा हालै आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १४ लाख ५५ हजार रुपैयाँ सहयोग गर्ने भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

संस्थाले उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा प्रदान गर्ने निर्णय गरेको जनाएको छ । संस्थाका तर्फबाट तथा संस्थामा कार्यरत कर्मचारीहरूको योगदानबाट उक्त रकम उपलब्ध गराउन लागिएको हो ।

प्राकृतिक विपद्का कारण मेरोमाइक्रोफाइनान्सको केन्द्रीय कार्यालय बट्टार, नुवाकोटसहित पाँचवटा शाखा कार्यालयसमेत प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । विपद्का कारण संस्थाका सदस्य, सदस्यका परिवार, कर्मचारी तथा उनीहरूका परिवारलगायत अन्य सरोकारवाला र सर्वसाधारणले भोग्नुपरेको क्षतिप्रति संस्थाले दुःख व्यक्त गरेको छ ।

संस्थाले बाढी तथा पहिरोमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । साथै, घाइते तथा विपद् प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित जीवनयापनको कामना गरेको छ ।

प्राकृतिक विपद्का कारण सम्पर्कविहीन भएका सर्वसाधारण, प्रभावित परिवार तथा विभिन्न बैंक तथा वित्तीय संस्था र संघ–संस्थामा कार्यरत जनशक्तिले भोग्नुपरेको कठिन परिस्थितिप्रति समेत संस्थाले सहानुभूति व्यक्त गरेको छ ।

विपद् प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनामा सक्रिय रूपमा खटिएका नेपाल सरकार, स्थानीय तह, सुरक्षा निकाय, विभिन्न संघ–संस्था, स्वयंसेवक तथा सहयोगी सबैप्रति संस्थाले आभार व्यक्त गरेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit