Advertisement
Advertisement
Corporate Samachar
१ मंसिर २०८३, मंगलवार
Advertisement
Advertisement

लेमन ट्री प्रिमियर बुढानीलकण्ठको ब्रान्ड एड्भोकेट बनिन् श्वेता खड्का

लेमन ट्री प्रिमियर बुढानीलकण्ठको ब्रान्ड एड्भोकेट बनिन् श्वेता खड्का
विज्ञापन
Advertisement

काठमाडौं। लेमन ट्री प्रिमियर बुढानीलकण्ठले नेपाली चलचित्र क्षेत्रकी लोकप्रिय अभिनेत्री, निर्मात्री तथा उद्यमी श्वेता खड्कालाई आफ्नो ब्रान्ड एड्भोकेटका रूपमा नियुक्त गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

होटलले सोमबारदेखि लागू हुने गरी खड्कासँग औपचारिक सहकार्य सुरु गरेको हो। नेपाली मनोरञ्जन क्षेत्रमा अभिनय र चलचित्र निर्माणमार्फत आफ्नो छुट्टै पहिचान स्थापित गरेकी खड्का पछिल्लो समय उद्यमशीलताको क्षेत्रमा समेत सक्रिय छिन्। प्रतिभा, लगनशीलता र सकारात्मक व्यक्तित्वका कारण दर्शकमाझ लोकप्रिय रहेकी उनी सामाजिक तथा व्यावसायिक गतिविधिमा पनि उत्तिकै सक्रिय रहँदै आएकी छन्।

यस सहकार्यसँगै खड्काले लेमन ट्री प्रिमियर बुढानीलकण्ठको ब्रान्ड प्रतिनिधित्व गर्नेछिन्। उनले होटलका विभिन्न प्रवर्द्धनात्मक गतिविधि, विशेष कार्यक्रम तथा मार्केटिङ अभियानमा सहभागिता जनाउनेछिन्। साथै, होटलले प्रदान गर्दै आएका आतिथ्य सेवा, खानपान, आवास तथा वेलनेस सुविधालाई थप व्यापक दर्शकमाझ परिचित गराउन उनको भूमिका रहने होटलले जनाएको छ।

नेपाली मनोरञ्जन क्षेत्रमा स्थापित व्यक्तित्वसँगको सहकार्यले होटलको ब्रान्ड पहिचानलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ। यसले मनोरञ्जन र आतिथ्य क्षेत्रबीचको सम्बन्धलाई थप विस्तार गर्दै होटलका सेवा तथा सुविधाको प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने विश्वास होटलको छ।काठमाडौंको बुढानीलकण्ठस्थित शान्त र रमणीय वातावरणमा अवस्थित लेमन ट्री प्रिमियर बुढानीलकण्ठ आधुनिक सुविधा, गुणस्तरीय सेवा र विशिष्ट आतिथ्य अनुभवका लागि परिचित गन्तव्यका रूपमा रहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit