Advertisement
Advertisement
Corporate Samachar
२२ भाद्र २०८३, सोमबार
Advertisement

दशौं दिनमा त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका कबीर महर्जनको स्वास्थ्य गम्भीर

दशौं दिनमा त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका कबीर महर्जनको स्वास्थ्य गम्भीर
विज्ञापन
Advertisement

काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको शुक्रबार बिहान उद्धार गरिएको छ। १० दिनको दिनमा उद्धार गरिएका मध्ये मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत कबीर महर्जनको स्वास्थ्य अवस्था गम्भीर रहेको छ।

विज्ञापन
Advertisement
Advertisement

महर्जनलाई उद्धारलगत्तै काठमाडौं ल्याई छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरिएको छ। उनको अवस्था जटिल रहेकाले सघन उपचार कक्ष (आइसियू) मा राखेर उपचार भइरहेको छ। यस्तै, सुरुङबाट पहिलोपटक उद्धार गरिएका सप्तरीका सञ्जय साहको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ। उनको अवस्था स्थिर रहे पनि थप परीक्षणका लागि उनलाई पनि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल ल्याइँदैछ।

नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा विज्ञसहितको संयुक्त टोलीले शुक्रबार बिहान सुरुङभित्र फसेका उनीहरूको उद्धार गरेको हो। बाढी आएलगत्तै आयोजनाको सुरुङभित्र मानिसहरू फसेको आशंका गरिएको थियो। त्यसपछि नेपाली सेनासहितका सुरक्षा निकायले लगातार उद्धार प्रयास अघि बढाएका थिए। विनाशकारी बाढीपछिको दशौं दिन दुई जनालाई जीवितै उद्धार गर्न सफल भएपनि उक्त आयोजनामा कार्यरत करिब ४२ जना हराइरहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit