Advertisement
Advertisement
Corporate Samachar
२२ भाद्र २०८३, सोमबार
Advertisement

आलोचकलाई फिल्डबाटै गृहमन्त्रीको जवाफ : ‘म कहाँ बसेँ होइन, परिणाम हेर्नुस्

आलोचकलाई फिल्डबाटै गृहमन्त्रीको जवाफ : ‘म कहाँ बसेँ होइन, परिणाम हेर्नुस्
विज्ञापन
Advertisement

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा आफ्नो भौतिक उपस्थितिलाई लिएर भइरहेको आलोचनाको जवाफ दिँदै आफू कहाँ बसेर काम गरिरहेको छु भन्नेभन्दा परिणामलाई हेर्न आग्रह गरेका छन्।

विज्ञापन
Advertisement
Advertisement

शुक्रबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले परम्परागत शैलीमा मन्त्रालयको कुर्सीमा बसेर मात्रै नेतृत्व गर्ने प्रवृत्तिमाथि प्रश्न उठाएका छन् । उनले लेखेका छन्, ‘यदि पुरानो शैलीमा नेतृत्वलाई मन्त्रालयको कुर्सीमा बसेर कागजात समात्ने कुरासँग जोडेर हेर्नुहुन्छ भने, तपाईं गलत युगमा हुनुहुन्छ (जेनेरेसन ग्याप) छ।’ गुरुङका अनुसार विषयगत मन्त्रालयका उच्चपदस्थ अधिकारीहरूको उपस्थितिमा विपद् प्रतिकार्य कमान्ड सेन्टर पूर्ण रूपमा सञ्चालनमा छ। उनले डिजिटल माध्यमबाट कमान्ड सञ्चालन र रणनीतिक बैठकहरू भइरहेको जानकारी दिएका छन् । ‘हामी हरेक ४ घण्टामा कमान्ड सञ्चालन र रणनीतिक बैठकहरू गरिरहेका छौँ,’ उनले भनेका छन् ।

विगतमा वास्तविक अवस्थाको जानकारी नलिई कुर्सीबाट मात्रै नेतृत्व गर्दा त्यसको परिणाम मुलुकले भोग्दै आएको उनको दाबी छ । ‘वर्षौँदेखि हामीले फिल्डको वास्तविक स्थिति नबुझी कुर्सीबाट मात्र नेतृत्व गर्दाको परिणाम भोग्दै आएका छौँ,’ गुरुङले लेखेका छन् । पुरानै शैलीबाट फरक परिणाम खोज्दै पनि आफूलाई पुरानै प्रणालीमा फर्किन दबाब दिइएको भन्दै उनले आश्चर्य व्यक्त गरेका छन् ।
उनले भनेका छन्, ‘उही पुरानै प्रणालीबाट भिन्न र उत्कृष्ट परिणामको आशा गर्दै केही व्यक्तिहरूले अझै पनि हामीलाई त्यही पुरानै शैली अपनाउन दबाब दिएको देख्दा मलाई अचम्म लाग्छ।’ यसैगरी, गृहमन्त्री गुरुङले डिजिटल माध्यमबाट काम गर्दा निर्णय प्रक्रिया थप छिटो र प्रभावकारी हुने दाबी गरेका छन् । ‘टेबल पछाडि बसेर भन्दा डिजिटल माध्यमबाट काम धेरै छिटो र प्रभावकारी रूपमा भइरहेको छ,’ उनले भनेका छन् ।

उनले आफ्नो भौतिक उपस्थितिलाई लिएर भइरहेको बहसतर्फ संकेत गर्दै अन्ततः कामको परिणाम हेर्न आग्रह समेत गरेका छन् । ‘त्यसैले म कहाँ बसेको छु भनेर चिन्ता गर्नुभन्दा परिणाममा ध्यान दिनु अनुरोध गर्न चाहन्छु,’ गुरुङले भनेका छन् । यसैबीच, रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा जारी उद्धार तथा खोजी कार्यका क्रममा गृहमन्त्री गुरुङ स्वयं घटनास्थलमा खटिएका छन् । सुरुङमा १० दिनसम्म फसेपछि जीवितै उद्धार गरिएका दुई व्यक्ति मध्ये एकलाई अक्सिजन सिलिन्डर गुडाउन सहयोग गरिरहेको उनको भिडियो सामाजिक सञ्जालमा तीव्र फैलिइरहेको छ ।

गृहमन्त्रीको प्रभावित क्षेत्रमा प्रत्यक्ष उपस्थितिलाई लिएर भने सामाजिक सञ्जालमा सकारात्मक र नकारात्मक दुवैखाले प्रतिक्रिया आइरहेका छन् । पछिल्लो अभिव्यक्तिमार्फत गुरुङले त्यस्ता आलोचनाको जवाफ दिँदै आफ्नो कार्यशैलीभन्दा विपद् प्रतिकार्यको परिणामलाई प्राथमिकता दिन आग्रह गरेका हुन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit